Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – पूर्वी नेपालको सिराहा जिल्लाका आगलागी पीडितको सहयोगार्थ नेपाल जापान आर्थिक संगठनद्वारा गत महिनामा सञ्चालित च्यारिटी कन्सर्ट भव्यरुपमा समापन भएको उक्त संस्थाले बताएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष जीवन राजभण्डारीले स्वागत भाषण गरेका थिए भने उनकी छोरी एन्जेल राजभण्डारीले कलाकारहरुलाई फूलगुच्छा दिई स्वागत गरेकी थिइन् । नेपाली र जापानी कन्सर्टमा उदघोषण भूमिका निभाउनेमा संस्थाका वरिष्ठ सदस्य तिर्थबहादुर कार्की र नेरिमा-कु का समाजसेवी सिगेकी ताकामुरा हुनुहुन्थ्यो ।

उक्त स‌ंस्थाको तर्फ़बाट अध्यक्षद्वारा जारि गरिएको विज्ञप्तिमा भनिएको छ – “उपरोक्त आगलागी पीडितहरुको सहयोगका लागि नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवम् जापानी मित्रहरुबाट आर्थिक सहयोग स्वरुप केही रकम एवम् लत्ताकपडाहरु प्राप्त भएका छन् । यस आपतको घडिमा उपरोक्त महानुभावहरुबाट सद्‍भाव एवम् सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहान्छौं । आर्थिक संकलनमा मिडियाको पनि महत्वपूर्ण भूमिका भएको हुनाले समुद्रपारि डट कम र नेपाली समाचारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।”

उक्त कार्यक्रम मार्फत् आगलागी पीडितहरुको लागि सहयोग उपलब्धल गराउनुहुने महानुभावहरुको नामावली यस प्रकार रहेको छः- (रकम जापानी येनमा)

  • Mr. Kajuo Kojima (Eng Service) – 10000
  • Mrs. Salya Shiraisi (Udas) – 10000
  • Mr. Ujjwal Regul – 10000
  • Mrs. Kumari Gurung – 6000
  • Mr. Hari Pandey – 5000
  • M/S. British Pub – 4000
  • Mr. Budha Gurung 2000
  • Mr. Tej Aryal – 3000
  • Mr. Uday – 1000
  • Mr. Rajeev Shrestha – 2000
  • Mr. Lil – 1000
  • Mr. Prem Khadka – 1000
  • Mr. Karma Brd. Gurung – 2000
  • Mr. John Chhantyal – 2000
  • Mr. Uday Thakali – 2000
  • Mrs. Prasidika Sahi – 1000
  • Mr. Jiwan Magag – 1000
  • Mr. Prakash Basnet – 5000
  • Mr. Jiwan Basnet – 5000
  • Mr. Mahesh Basnet – 5000
  • Mr. Nabin Gurung – 5000
  • Mr. Jyotish Gharti Magar – 6000
  • Mr. Rabindra Thapa – 3333
  • Mr. Tirtha Brd. Karki – 5000
  • Mr. Rabin Karki (BaBa Group) – 5000
  • M/S. Raj Trading Co. Ltd. (Jiwan Rajbhandari) 30,000

________________________________________________
TOTAL                    132,333

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया