Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – यहि अगस्त ३० र सेप्टेम्बर १ तारिखमा अस्ट्रेलियाको सिड्नीमा हुने गैर आबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिको सातौ ओसेनिया क्षेत्रिय सम्मेलनमा भाग लिन इच्छुक महानुभावहरुले यथासिघ्र सम्पर्क गर्नुहुन गैर आबासीय नेपाली संघ जापानले सबैमा खुला अनुरोध गरेको छ ।

उक्त सातौ क्षेत्रिय सम्मेलनमा अन्य राष्ट्रिय समन्वय समितिबाट जस्तै एनआरएन जापानको पनि एक समुहले सहभागिता जनाउने बुझिएको छ |

उक्त अवसरमा नेपाल फेष्टीवल पनि आयोजना हुने भएकोले उक्त सम्मेलनमा भाग लिन चाहनु हुने महानुभावहरुले ३ दिन भित्र आफ्नो जापानको पुरा ठेगाना, जन्म मिति, पेसाको विवरण सहित एनआरएन जापानका अध्यक्ष वा महासचिबसंग [ इमेल [email protected]/ [email protected] वा फोन मा) सम्पर्क गर्न अनुरोध गरिएको छ।| साथै उक्त सम्मेलनमा सहभागिताको लागि थप जानकारीको लागि देहायका लिंक हेर्न समेत अनुरोध गरेको छ ।

साथै उक्त सम्मेलनमा भाग लिन जानका लागि आबश्यक भिसा प्रोसेस, टिकट किन्ने, लगायतका सबै कामहरु ब्यक्तिगतरुपमा आ-आफ्नो अनुकुल हेरेर गर्नुपर्ने व्यहोरा समेत अनुरोध गरिएको छ । एनआरएन जापान राष्ट्रिय समन्यव समितिले उक्त सातौ क्षेत्रिय सम्मेलनमा भाग लिने निश्चय गर्ने साथीहरुको लागि भिसाको सहयोगको लागि निमन्त्रणा पत्र र चाहेमा सम्मेलन को ३ दिन को लागि सम्मेलन हल नजिकैको एक रातको १८० (150 Aus $ for Single) अस्ट्रेलियन डलर को Twin रुम को ३ दिनको होटेल बुकिंगको लागि सहयोग गर्ने बताईएको छ |

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया