Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

योकोहामा । अनेसास जापानले नियमित गर्दै आइरहेको कार्यक्रम अन्तर्गत १९ औ साहित्य शृंखला भानु जयन्तिको रुपमा योकोहामामा सम्पन्न भएको छ । अनेसास जापानको स्थापना कालदेखिकै पहिलो पटक जापानको योकोहामामा नियमित शृंखला अन्तर्गत भानुजयन्ति बिशेष रुपमा मनाइयो ।

देबी इग्नामको स्वागत मन्तब्यवाट सुरु भएको सो कार्यक्रममा योकोहामाको कानागावा केनमीन सेन्टरमा उपस्थित स्रष्टाहरुले आ-आफ्ना रचना, कविता, गजल, गीत, नक्कल, जादु, हाइकु जस्ता रचना बाचन गरेर कार्यक्रम हल तातिएको थियो । अनेसास जापानका संस्थापक अध्यक्ष कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ४० जना स्रष्टाहरुले आफ्ना सिर्जना वाचन गरेका थिए ।कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष कुमार बस्नेत, अनेस जापानका अध्यक्ष अर्जुन अधिकारी, एनआरएन सचिवालय सदस्य राजु ढकाल, अनेसास जापानका उपाध्यक्ष पुस्करजंग थापा अन्तरराष्ट्रिय तेक्वान्दो एसोसियसनका महासचिब राजेन्द्र श्रेष्ठ, एनडिएफ़ टोकियो कमिटीका अध्यक्ष देविलाल भण्डारी, एनआरएन जापानका सल्लाहकार जिज्ञानकुमार थापा, नेपाल जापान डट कम की नारायणी आचार्य, अनेसास जापानका उपाध्यक्ष पुस्करजंग थापा, एनआरएन कान्तोका अध्यक्ष श्रवण सत्याल, जनप्रगतिशील मोर्चा जापानका सचिब हिमाल भट्टराई, जन प्रगतिशील मोर्चा टोकियो कमिटी अध्यक्ष जीवन केसी, संस्थाका महासचिब देबी इग्नाम, संस्थाका कार्यसमिति सदस्य कृष्ण के श्रेष्ठ, सचिव धिषण निरौला, एनआरएन कान्तोका सचिव बुद्धिराज घिमिरे, प्रदिप श्रेष्ठ गोकुल निउरे, शारदा निरौला, सुनिल काफ्ले, आलोक चालिसे, रचित सिंखडा, दिपेन्द्र पाठक, प्रकाश गुरुङ, तारा आले, राजु कंडेल, हरि सिंखडा, ध्रुब थापालगायतका स्रस्टाहरुले आफ्नो सिर्जना वाचन गर्नुका साथै मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित स्रस्टाहरुले आफ्नो सिर्जना मार्फत मातृभूमि प्रतिको माया र नेपालको राजनीतिक अवस्था प्रतिको चिन्ता र चासो ब्यक्त गरेका थिए । कार्यक्रममा अनुपस्थित भए पनि स्रस्टाहरुले इमेलबाट पठाएका रचनाहरु पनि कार्यक्रममा बाचन गरेर सुनाइएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि अनेसास जापानका संस्थापक अध्यक्ष कुमार बस्नेतले भानुभक्तको स्मरण गर्दै नेपाली साहित्यमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिनको लागि अनेसासलाई सुझाब समेत दिनुभयो। कार्यक्रमको समिक्षा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार दिनेशराज ज्ञवालीले गर्नुभएको थियो भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई संस्थाका कार्यसमिति सदस्य कृष्ण के श्रेष्ठ “काल्स”ले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव धिषण निरौलाको संचालनमा करिब ३ घण्टा सम्म चलेको कार्यक्रममा सभापति एवम् संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले साहित्य शृंखलालाई विकेन्द्रीकरण गर्ने अनेसासको पूर्वयोजना अनुसार यसभन्दा अगाडि नागोया र अहिले योकोहामा गरेको जानाकारी गराउदै आफ्नो हाइकु, गजलसंगै कार्यक्रमको समापान गर्नुभएको थियो । १९९ औं भानु जयन्ती बिशेष शृंखलाकोरुपमा सम्पन्न भएको कार्यक्रममा बिद्यार्थी, ब्यबसायी, पत्रकार लगायत विभिन्न संघ संस्थाको उलेख्य उपस्थिति रहेको थियो । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया