Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025
टोकियो- जापानले चीन तथा ताइवानसँग तीतो क्षेत्रीय विवादमा परेका द्वीपहरुको समूह खरिद गर्ने विचार गरिरहेको जानकारी जापानी प्रधानमन्त्री योशिहिको नोदाले शनिबार दिनुभएको छ ।
यो पाइलाले बेइजिङ र ताइवानसँग तनाव उत्पन्न गराउनसक्ने अनुमान गरिएको छ । पूर्वी चाइना सीमा रहेका र जापानी भाषामा सेन्काकु तथा चिनियाँ भाषामा डियाओयु नाम गरेका यी द्वीपलाई बेइजिङ तथा ताइपेईले पनि दाबी गरेका छन् ।
प्रधानमन्त्री नोडाले ती द्वीपहरुमा जापानको प्रभावकारी नियन्त्रण रहेकाले त्यसको स्वामित्वमा विवाद नरहेको पत्रकारहरुलाई बताउनुभयो ।
हाल जापानी नागरिकको निजी सम्पत्तिको रुपमा रहेका यी द्विपलाई खरिद गर्ने योजना बनाएको जानकारी सरकारले टोकियोका गभर्नर सिन्तारो इसिहारालाई दिएको बताइएको छ ।
जापानले यी क्षेत्रको संरक्षण गर्न पर्याप्त काम नगरेको आरोप लगाउँदै गभर्नर इसिहाराले आफूले युओत्सुरिजिमा, किटाकोजिमा तथा मिनामिकोजिमा द्वीप खरिद गर्न वार्ता चलाएको अपि्रल महिनामा बताउनुभएको थियो ।
यससम्बन्धी एक समाचारमा हाल कुरिहारा परिवारको स्वामित्वमा रहेको यी द्वीपलाई खरिद गर्न सरकारले वार्ता गरिरहेको र उनीहरुलाई यस वर्षको अन्त्यसम्म सरकारको नियन्त्रणमा ल्याइने योजना बनेको बताउनुभयो ।
उहाँले यी द्वीपलाई खरिद गर्न मुलुकभरबाट एक करोड ६३ लाख अमेरिकी डलर चन्दा प्राप्त भएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया