Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – साईतामाकेनमा गत बिहिबार बिहान आत्महत्या गरेका बागलुङ गल्कोट मल्मका ललित साहनी (बिष्णु) को आज तोकोरोजावामा बिशाल नेपालीहरुको उपस्थितिकाबिच अन्तिम सँस्कार गरियो ।

स्वर्गिय साहनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भेला भएका सयौं नेपालीहरुले १ मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए भने शोकसन्तप्त परिवारप्रति समवेदना ब्यक्त गरिएको थियो ।

जिउदाको जन्त मर्दाको मलामी भनिएझैं ओसाका, नागोया, चिवा, गुन्मा, इवाराकी, योकोहामा, टोकियो, तोचिगी लगायतका शहरबाट अन्त्येष्टी स्थलमा नेपालीहरु भेला भएर पराईभूमिमा भएको १ जना नेपालीको दु:खद निधनप्रति गहिरो दुख ब्यक्त गरेका थिए ।

अन्त्येष्टीस्थलमै भएको शोकसभामा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, आईसीसी सदस्य रोशन केसी, एनबिए जापानका उपाध्यक्ष दिलु खत्री, गल्कोट कल्याणकारी समाज जापानका अध्यक्ष कृष्ण गौचन, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, पूर्व अध्यक्ष मोहन खत्री, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतले स्वर्गिय साहनीप्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका थिए ।

साहनीले बिहिबार बिहान आफ्नै कोठाको शौचालयमा आत्महत्या गरेका थिए ।

जापानमा नेपालीहरुद्वारा पछिल्ला समयमा आत्महत्याको शृँखला बढ्दै गईरहेको छ । १ हप्ता अगाडि मात्र अर्घाखांचीका अमृता थापाले आसागयमा आत्महत्या गरेकीथिईन् ।

शंका र उपशंकाको भरमा जे जस्तो अनुमान लागाईए पनि पछिल्ला घटनाहरुमा सम्बन्धित ब्यक्तिको सुसाईड नोट केहि नभेटिएकोले आत्महत्याको कारण बारे केहि खुल्न सकेको छैन ।

के कति कारणले नेपालीहरुमा आत्महत्याको घटना बढ्न थालेको हो, यसको गहन अध्ययन गरी रोकथामका लागि संभावित पहलहरु थालिनुपर्ने नेपाली कम्युनिटीमा चर्चा चल्न थालेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया