Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज यो बर्ष जापानमा फेष्टिबलकैरुपमा दुइदिन सम्म बिशेषरुपले मनाईने भएको छ ।

तीजेभाकामा चर्चाको शिखर चुम्न सफल स्वरका धनी कलाकारहरुको जोडदार प्रस्तुती रहने उक्त तीज फेष्टिबल सेप्टेम्बर १६ तारिख आइतबार र १७ तारिख सोमबार दुइ दिनसम्म कामाताको ओता कुमिन खाइकानमा हुन लागेको हो । नेपाली क्यालेण्डरको तिथिमितिअनुसार सेप्टेम्बर १७ तारिख सोमबार दरखाने दिन पर्दछ भने उक्त दिन जापानको क्यालेण्डरअनुसार पनि सार्बजनिक बिदा परेको छ ।

जापानमा रहेका सक्रिय नेपाली नारीहरुको साझा चौतारी “नारी कुञ्ज जापान” द्वारा आयोजना गरिने उक्त फेष्टिबलको टिबिआई ग्रुप, जापान मनि एक्सप्रेस (जेएमई), वेष्टर्न युनियन लगायतका ब्यवसायी कम्पनीहरुले प्रायोजन गर्ने भएका छन् ।

नारीहरुका दबिएका आवाजलाई बुलन्द गर्ने उद्देश्यले जापानबाट सञ्चालित अनलाईन पोर्टल “नारी सञ्जाल डट कम” को सहयोगार्थ उक्त तीज फेष्टिबलको आयोजना गरिएको कुरा नारी सञ्जालकी सञ्चालकसमेत रहेकी नारी कुञ्जकी अध्यक्ष छक्कु उदासीले बताईन् ।

करिव हजारजना क्षमता भएको उक्त ओता कुमिन हल कामाता स्टेशनबाट २ मिनेटको दुरीमा रहेको बताईएको छ ।

नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको तीजबिशेष साँगीतिक प्रस्तुतीहरु बिशेष आकर्षण रहने उक्त कार्यक्रममा जापानका होनहार कलाकर्मीहरुको पनि अपूर्व जमघट र पर्फमेन्स रहने आयोजक नारी कुञ्जले जनाएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया