Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

सिटीको हालसम्मकै आकर्षक योजना बजारमा

टोकियो- एसबिआईको सहकार्यमा जापानबाट नेपालमा पैसा पठाउने रेमिट्यान्स कारोवार गर्दै आईरहेको सिटी एक्सप्रेसले यहि जुलाई ५ तारिखदेखि सित्तैमा रेमिट्यान्स सेवा उपलब्ध गराउने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कारोवार गरेको पाँचौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी सिटीले उक्त क्याम्पेन बजारमा ल्याएको हो । सिटीले सीमित अवधिको लागि बजारमा ल्याएको उक्त क्याम्पेनअनुसार ग्राहकले जति रकम पठाएपनि रेमिट्यान्स शुल्क नलाग्ने भएको छ ।

“हामीले ग्राहकहरुको सर्बोपरी हितलाई सँधैं केन्द्रमा राखेर कारोवार गर्दै आएका छौं, सोही मुताविक पाँचौ बर्षागांठको अवसरमा रेमिट्यान्स सेवा निःशुल्क गर्ने क्याम्पेन बजारमा ल्याएका हौं” सिटी एक्सप्रेसका अध्यक्ष महेशकुमार श्रेष्ठले भने – “यसबाट हाम्रा सेवाग्राहीहरु सबैभन्दा बढि लाभान्वित हुने बिश्वास लिएका छौं ।”

जापानमा नेपाली रेमिट्यान्स ब्यवसायीहरुबीचको तिब्र प्रतिस्पर्धामा सिटीले ल्याएको यो नि:शुल्क क्याम्पेन नै हालसम्मको सबैभन्दा आकर्षक योजना मानिन्छ ।

“ग्राहकहरुले जापानभर फ़ैलिएर रहेको  हुलाकको एटीएमबाट  रेमिट्यान्स गर्न सजिलो होस् भनि हरेक ग्राहकको नाममा रेमिट्यान्स कार्ड जारी गरेका छौं, जसलेगर्दा सबैभन्दा सजिलो, भरपर्दो र क्षणभरमै आफन्तको हातमा पैसा पुग्ने प्रभावकारी सेवा पाएकैले हाम्रा ग्राहकहरु सन्तुष्ट छन् । यद्यपि, आफ्ना ग्राहकका लागि बेलाबेलामा थप सुबिधा उपलब्ध गराउदै जाने हाम्रो योजनाअनुसार बिशेष क्याम्पेन बजारमा ल्याएका हौं, आगामी समयमा पनि अन्य आकर्षक योजनाहरु ल्याउने छौं” “- अध्यक्ष श्रेष्ठले भने ।

श्रेष्ठकाअनुसार सिटी एक्सप्रेसले जापान सरकारको फ़ाईनान्स ब्यूरोबाट बिश्वका बिभिन्न मुलुकमा पनि रेमिट्यान्स कारोवार गर्न पाउने अनुमति पाईसकेको छ र छिट्टै कारोवार थालनी गर्ने तैयारी भईरहेको बुझिएको छ । ***

तपाईको प्रतिक्रिया