Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – बिश्वका बिभिन्न मुलुकहरु लगायत जापानबाट नेपालमा रकम पठाउने रेमिट्यान्स कारोवार गर्दै आएको आईएमईले कारोबार शुरु गरेको दोश्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा १ लाख येन (१० मान) सम्मको कारोवारमा रेमिट्यान्स शुल्क नलाग्ने घोषणा गर्दै नयाँ क्याम्पेन शुरु गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जुलाई ४ तारिख (आज)देखि शुरु हुने उक्त क्याम्पेनमा आईएमईका ग्राहकहरुले आफै हुलाक एकाउन्टमार्फत कारोवार गर्नेहरुका लागि १० मान येन सम्मको रेमिट्यान्समा आईएमईले शुल्क नलिने घोषणा गरेको हो । त्यो भन्दा बढी रकमको हकमा भने साबिकै बमोजिम प्रति रेमिट बराबरा ८८० येन लाग्ने आईएमईले जनाएको छ ।

बैंकिङ कारोबारमार्फत आईएमईको एकाउन्टमा रकम जम्मा गर्नुपर्ने अवस्थामा भने जापानभित्रको एउटा बैंकबाट अर्को बैंकमा रकम जम्मा गर्दा लाग्ने बैकको न्यूनतम चार्ज मात्र ग्राहक स्वयमलाई लाग्ने आईएमईले जनाएको छ ।

“ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी बेलाबेलामा बिभिन्न क्याम्पेनहरुमार्फत बिभिन्न प्रकारका सेवा उपलब्ध गराउदैं जाने कम्पनीको नियमित कार्यक्रमअनुसार यो क्याम्पेन बजारमा ल्याएका हौ” आईएमईका जापान निर्देशक राजीव श्रेष्ठले भने – “क्योदाई जापानको सहकार्यमा कारोबार थालनीको दोश्रो बर्षमा प्रवेश गरेको अवसरमा ल्याईएको यस क्याम्पेनबाट धेरैभन्दा धेरै ग्राहकहरु लाभान्वित हुनेछन् ।” ***

तपाईको प्रतिक्रिया