Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

हङकङ – नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई हङकङमा रहेका नेपालीहरुले कालो झण्डा देखाएका छन् । नेपाललाई संविधान नबनाएको र एकल पहिचानसहितको संघीयता नस्वीकारेको भन्दै कालो झण्डा देखाइएको हो ।

एमाले हङकङ कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी एक समूहले ‘संघीयता विरोधी-मूर्दावाद’, ‘एकल पहिचानसहितको संघीयता-जिन्दावाद’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।

नाराबाजी गर्नेहरुले कार्यक्रमस्थल छाडेपछि नेता नेपालले आफूलाई एमालेभित्र आदिवासी जनजातिमैत्री नेता भएको दावी गर्दै ‘म जस्तोलाई नै विरोध गर्दा मेरो चित्त दुख्यो’ भन्दै नेता नेपालले ‘सबैले समान अवसर पाउनु पर्छ भनेर एमालेभित्र आफुले वकालत गरिरहेको छु,’ भन्नुभयो ।

संविधान निर्माणको लागि पहिला राजनैतिक दलहरुले समझदारीको दस्तावेज तयार गर्नुपर्ने र त्यसपछि उपयुक्त विकल्पको खोजी गर्नुपर्ने भन्दै उयुक्त विकल्प आए संविधान सभाको पुनर्स्थापना हुनसक्ने बताउनुभयो । अबको चुनाव संविधान सभाको नभएर संसद र स्थानीय निकायको मात्र हुनसक्ने दाबी गर्नुभयो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया