Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

पोखरा –  सेतीनदी बाढीपीडितहरुको सहयोगार्थ रेडियो अन्नपूर्णले स्थापना गरेको राहत कोषमा एक्स बगर युथ क्लब पोखराका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङको पहलमा जापानमा बसोबास गर्ने नेपालीहरुबाट संकलित दुई लाख २१ हजार चार सय ४७ रुपैयाँ शनिबार एक कार्यक्रम बीच हस्तान्तरण गरियो। शनिबार आयोजित पत्रकार सम्मेलनमा श्रीभक्त गुरुङका छोरा समीर गुरुङ, बहिनी पवित्रा गुरुङ र क्लबका पदाधिकारीहरुले संयुक्तरूपमा रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे र प्रबन्ध निर्देशक सुनयना पालिखेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। जापानमा व्यवसाय गरिरहेका पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका निवर्तमान अध्यक्षसमेत रहेका गुरुङले सेतीनदी बाढीपीडितको सहयोगार्थ अभियान सञ्चालन गरी संकलन गरेको रकम एक्स बगर युवा क्लबले उक्त रकम हस्तान्तरण गरेको हो।

राहत रकम ग्रहण गर्दै रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्व शंकर पालिखेले बगर खेलकुदको उर्वराभूमि भएको भन्दै एक्स बगर युवा क्लबले खेल क्षेत्रलगायत मानवीय सेवामा सहयोग पुरयाएको बताए। स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले संकलित राहत रकमको सदुपयोग र पारदर्शी हुने बताए। उनले एक्स बगरबाट प्राप्त रकम बाढीपीडितका लागि माछापुछ्रे गाविस वडा नं. ९ को नयाँ खोवाङमा निर्माणाधीन पुनर्वास कार्यमा लगानी गरिने बताए। उनले हालसम्म अन्नपूर्ण राहत कोषमा ५२ लाख ९१ हजार २५ रुपैयाँ संकलन भएको र छैठौं चरणको राहत वितरणसम्ममा २१ लाख ५५ हजार राहत वितरण गरिसकेको जानकारी दिए।

क्लबका सल्लाहकार डीबी नेपाली र मगन श्रेष्ठले संयोजन गरेको कार्यक्रममा क्लबका सदस्य फत्तबहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए।

यस अभियानको क्रममा जापानमा रकम संकलन गरि सहयोग गरि दिनुहुने बुद्धिकला गुरुङ (दीप, पोखरा), मदन गुरुङ (दीप,पोखरा), एक्स बगर युथ क्लबका खेलाडी ज्ञामबहादुर गुरुङ (पोखरा) , करातेका राष्ट्रिय खेलाडी नरेश जी.सी.  (स्यांग्जा ) साथै मोहन घले (गैरापाटन, २) लाई धन्यवाद साथै यस दुखद घडीमा चन्दा दिई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुमा एक्स बगर युथ क्लब पोखराले हार्दिक आभार  ब्यक्त गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया