Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025
काठमाडौ- जापानमा रहेका नेपालीले जापानीलाई आफ्नो मुलुक चिनाउन नेपाल फेस्टिबल आयोजना गर्ने भएका छन् । मुलुकमा लुम्बिनी भ्रमण बर्ष चलिरहेका बेला त्यसलाई समेत सघाउने गरी जुलाइ २८ देखि दुई दिन महोत्सव आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष समेत रहेका महोत्सव आयोजक समितिका संयोजक चिरन्वीजी थापाले मंगलबार काठमाडौंमा बताए ।
‘३ लाख जापानीलाई मेलामा अवलोकन गराउने लक्ष छ,’ उनले भने । मेलाको मूख्य विषय बुद्धको जन्मस्थल र सगरमाथाको प्रचार गर्ने आयोजकले लक्ष लिएको छ । ‘जापानमा नेपालको बुद्धको जन्मस्थलबारे धेरै भ्रम छ, थापाले भने, ‘हामीले त्यसलाई चिरेर लुम्बिनीमा पर्यटक भित्रयाउने लक्ष लिएका छौं ।’
जापानकै ठूलो योयोगी पार्कमा हुने महोत्सवमा नेपालको कलासंस्कृति, पहिरन, नेपाली खाना, हस्तकला, ट्राभल एजेन्सी, नेपाली दूतावास र नेपाल पर्यटन बोर्डका स्टल रहने छन् । नेपालका लागि जापानका पूर्व राजदूतहरु सल्लाहकार रहेको संयोजक थापाले जानकारी दिए । जापानको परराष्ट्र मन्त्रालय, निङगो नामक जापानीसस्थाले समेत महोत्सव आयोजना गर्न सघाउने भएका छन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया