Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

लण्डन । कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ ‘जेनेरेशन टु जेनेरेशन’ का साथ बेलायती दर्शक माझ आउने भएका छन । बेलायतमा रहेका नेपाली पुस्ताहरुमा अंग्रेजी क्रेज बढिरहेका बेला नेपाली कला, संस्कृतिको जगेर्ना गर्न एवं पुराना गायकका गितहरुको संरक्षण गर्ने अभियानका साथ गायक श्रेष्ठ ‘जेनेरेशन टु जेनेरेशन’ मार्फत आउन लागेका हुन ।

‘जेनेरेशन टु जेनेरेशन’का बारेमा जानकारी दिन गतसाता लण्डनमा आयोजित पत्रकार सम्मेलनमा गायक श्रेष्ठले नयां पिंढीलाई नेपाली गित संगितप्रतिको मोह झल्काउन यस अभियान गर्न लागिएको बताए । बेलायतमा धेरै प्रतिभावान युवा कलाकारहरु भएको टिप्पणी गर्दै श्रेष्ठले त्यस्ता प्रतिभाहरुलाई पुराना नेपाली गायकहरुको सम्मानमा अग्रसर गराउन अभियान सार्थक हुने विश्वास पनि दिए ।

आउंदो अगस्तमा मेइडस्टोन र लण्डन दुई शो गरीने ‘जेनेरेशन टु जेनेरेशन’मा बेलायतका नेपाली युवाहरुमाझ ख्यातीप्राप्त कलाकारहरुले भाग लिने छन । कोरस ब्याण्डको लाईभ म्युजीकका साथ युवा कलाकारहरु टीना राई, नवीन गुरुङ, सौगात लिम्बु, जरुषा राई, दिपेश लामा, श्रेया राई, शिब्बी पुन श्रेष्ठ, सुविना तामाङ, रोसन थापा र नुसाजन थापाको स्वर रहने गायक श्रेष्ठले बताए । सो अवसरमा नारायण गोपाल, मित्र सेन, अरुणा लामा, अरुण थापा लगायतका गायकहरुको गित गाइनेछ ।

युनीको क्रियसन ग्रुप, नोन मिडिया एण्ड इन्टरटेण्टमेण्ट र वन स्टप प्रोडक्सनले गर्न लागेको ‘जेनेरेशन टु जेनेरेशन’ बेलायतमै पहिलो कार्यक्रम हो । बेलायतका नयां पुस्तामा नेपाली गित संगितको मोह हराउंदै गइरहेका बेला संस्कृति र ऐतिहासीक गितहरुको संरक्षण गर्न यस कार्यक्रम सफल हुने विश्वास गरीएको छ ।

कार्यक्रम सफल बनाउन नेपाली टिभी, नेपालब्रिटेन डट कम, नेपाली पत्र, एभरेष्ट टाइम्स लगायतका सञ्चार माध्यमहरुले सपोर्ट गरेका छन । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया