Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – जापानमा पनि अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियशनको शाखा कमिटी गठन हुने भएको छ ।

अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियशनको जापान शाखा कमिटी गठन गर्ने उद्देश्यले आगामी जुलाई १ तारिख आइतवारका दिन टोकियोमा एक भेलाको आयोजना गरिएको कुरा भेला संयोजक सिध्दार्थ श्रेष्ठले जानकारी दिनुभएको छ ।

“स्वास्थ्य र अनुशासित जीवनका लागि खेलकुद” भन्ने मान्यताका साथ जापानमा रहेका तेक्वान्दो, कराँते, बक्सिङलगायतका खेलाडि तथा खेलप्रेमीहरुलाई गोलबन्द गरी खेलाडिहरुमा रहेको प्रभितालाई प्रोत्साहित गर्दै युवा शक्तिलाई समाजको सिर्जनात्मक कार्यहरुमा परिचालन गर्ने उद्देश्यले जापानमा रहेका खेलाडि युवाहरुको पहलमा आउँदो जुलाई १ तारिखका दिन टोकियोमा एक भेलाको आयोजना गरिएको हो । उक्त भेलाद्वारा अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियशनको जापान कमिटी गठन गर्ने कार्यक्रम रहेको भेला आयोजक कमिटीका प्रचारप्रसार संयोजक राजेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

टोकियो इदाबासीस्थित आजिया रेष्टुरेन्ट (03-3260-3281) मा अपरान्ह १ बजेदेखि हुन गईरहेको उक्त भेलामा उपस्थित भईदिन जापानमा रहेका खेलाडि तथा खेलप्रेमी महानुभावहरुका आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् ।

संयोजक श्रेष्ठकाअनुसार यसअगाडि जापानका नेपाली तेक्वान्दो खेलाडिहरुले काठमाडौमा आयोजित माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसीप प्रतियोगिता सम्पन्न गर्न आकर्षक आर्थिक सहयोग जुटाएर पठाएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया