Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

बेलायत – तमु प्ये ल्हु संघ युकेले गत शनिबार तमु परम्परागत रुपमा सामुहिक यज्ञ गरी बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गरेको छ । ओक फार्म कम्युनिटि हल फार्नबरोमा आयोजना गरिएको उक्त कार्यक्रममा पूजा लगायत विभिन्न रमाईलो खेलहरु र साँगितिक कार्यक्रम पनि समावेश गरिएको थियो ।

सो अवसरमा सौर्यमण्डल र वायुमण्डलमा रहेका ग्रहहरु र वातावरण सन्तुलन लगायत मानव जीवनको भलाईका लागि प्राकृतिक वोन धर्म अन्तर्गत गरिने पूजाहरु सम्पन्न गरीएको थियो । यी पूजाहरु गरिनाले प्राकृतिक तथा दैविक प्रकोपको रोकथाम गरी मानव जीवन र जगतलाई प्रगतिशिल र समुन्नत बनाउदछ भन्ने धार्मिक विश्वास रहेकोछ ।

कार्यक्रममा सहभागि सबैजसो महिला दिदि बहिनिहरुले आ–आफ्नो घरबाट आफु र आफ्ना परिवारको नाम गरी फलफूल, फूलपाति, अक्षता र भेटी ल्याई चढाएका थिए । आमन्त्रित सबै अतिथिहरुले समेत वैधिक कर्म प्राप्तिको लागि सतविज होम दिएका थिए ।

सहभागिहरुलाई रमाइलो प्रदान गर्नका लागि राफल ड्र, चारखुट्टे दौड, जाली रुमाल, सियोधागो जस्ता रमाईलो खेलहरु खेलाईएको थियो ।

सांगठनिक सम्बन्ध र सदभाव कायम गर्दै कार्यक्रममा बेलायतमा स्थापित विभिन्न संघसँस्था लगायत विभिन्न विश्वविद्यालयका प्रतिष्ठित व्यक्तित्वहरुलाई समेत आमन्त्रण गरिएको । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा विदेशी पाहुनाहरु सहभागि भएका थिए । पाहुना सत्कार भूतपूर्व अध्यक्ष जगत प्हच्यु तमुको संयोजनमा भएको थियो ।

संघका अध्यक्ष सोम त्होर्जे तमुको अध्यक्षता र उपाध्यक्ष नर बहादुर टु तमुको प्रमुख संयोजकत्वमा गठित एघार सदस्य रहेको आयोजक समितिको व्यवस्थापनमा अमर त्होर्जे तमु, नन्द योज तमु, भेग च्हाक्ली तमु, जगत प्हच्यु तमु, धर्म कुप्छे तमु, डम्बर टु तमु, युगेश च्हम्रु तमु र पूर्ण च्हम्रु तमुले विशेष भुमिका निर्वाह गरेका थिए ।

सोहि अवसरमा आदिवासी जनजाति महासंघ बेलायतको महाधिवेशनबाट उपाध्यक्ष जस्तो गरिमामय पदमा मनोनित हुनुभएका संघका प्रथम उपाध्यक्ष नर बहादुर टु तमुलाई तमु परम्परा अनुसार क्रेगी ओढाई बधाई तथा सम्मान गरिएको थियो । त्यस्तै लोक गायिका श्रीमती दुर्गा प्हच्यु तमुलाई पछ्यौरा ओढाई स्वागत तथा सम्मान गरिएको सचिव भेग चाक्ली तमुले बताए ।

कार्यक्रमको अन्त्यमा गायिका दुर्गा तमुले गित गाएकी थिइन । सहभागि डाँडागाउँले तमु समाजले कौडा नृत्य प्रस्तुत गरेका थिए ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया