Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – ब्यक्ति हत्याको आरोपमा १५ बर्ष बन्दी जीवन बिताई पछिल्लो डिएनए परिक्षणको नतिजाबाट निर्दोष रहेको प्रमाणित भएपछि अन्तिम फ़ैसला हुन बांकी रहे पनि रिहाई पाएका गोविन्दप्रसाद मैनालीलाई जापानको योकोहामा अध्यागमन ब्यूरोले स्वदेश फ़र्कनका लागि अनुमति प्रदान गरेको थाहा भएको छ ।

उनीमाथि लागेको ब्यक्ति हत्याको मुद्दामा काराबासमै बसेर खेप्न नपर्ने गरी पुनरावलोकन गरिने भन्ने टोकियो उच्च न्यायलयको पछिल्लो सुनुवाईपछि उनी रिहाई भएता पनि बिना भिसाका कारण उनलाई अध्यागमनको अर्को झमेला झेल्नुपरेको हो । योकोहामा अध्यागमन ब्युरोले मैनालीलाई स्वदेश फिर्ता हुन पाउने आजै अनुमति प्रदान गरेपछि उनलाई मुलुक फ़र्कन ढोका खुलेको छ ।

आवश्यक कागजात मिलाउने प्रक्रिया सकिएपछि मैनाली श्रीमती राधा र छोरीहरुसंगै छिट्टै मुलुक फ़र्कने तैयारीमा रहेको बुझिएको छ ।

मैनालीको रिहाईपछि उनी नेपाल फ़र्कन्छन वा जापानमै बसेर बाँकी मुद्दा खेप्दै निर्दोष ब्यक्तिमाथि १५ बर्ष काराबास सजाय भोगाएबापत क्षतिपुर्तीका लागि कानुनी लडाई लड्छन भन्ने चिन्ता र चासो एकाएक नेपाली समुदायमा उच्च रहे पनि उनको पक्षमा बिगत लामो समयदेखि लड्दै आएका वकिलहरु र समर्थकहरुले तत्कालका लागि मुलुक फ़र्कन राम्रो हुने सल्लाह दिएको बुझिएको छ । बाँकी मुद्दाको काम मैनालीका तर्फबाट उनका वकिलहरुले वारेसनामा लिएर अगाडि बढाउने भएका छन् ।

लामो समयसम्मको बन्दीजीवनबाट मुक्त भएपछि १८ बर्षपछि आफ्ना श्रीमती र छोरीहरुको साथमा छिट्टै जन्मभूमि टेक्न मैनाली हतारिएका देखिन्छन् । मैनालीको रिहाईका लागि कानुनी लडाईमा बिगत १५ बर्ष देखि निरन्तर खट्दै आएको सहयोग समितिका नेपाली अगुवा राजन प्रधानाङ्गकाअनुसार लामो समयपछि अचानक भेटेका आफ्ना सन्तानलाई मैनालीले सानी छोरी एलिसालाई ठूली र ठूली छोरी मिथिलालाई सानी छोरी भनेर सम्बोधन गर्दै माछामासु प्रशस्त खानुपर्छ भन्ने सल्लाह दिएका थिए । आफ्ना सन्तानसंग भएको उक्त वार्तालापलाई जापानका ठुला मिडियाहरुले महत्वकासाथ प्रकाशित गरेका थिए । जानकारहरुकाअनुसार उच्चन्यायलयको अन्तिम सुनुवाई हुने बिहानसम्म आफु रिहाई हुने कुरा मैनालीलाई थाहा थिएन । बन्दीगृहमा उनी सदाझैं आफ्नो सामान्य दैनिकीमा रहेपनि उनी संगैका अन्य बन्दीहरुले भने उनलाई बधाई दिन शुरु गरिसकेका थिए ।

मैनालीपत्नी राधाकाअनुसार श्रीमान तथा छोरीहरुसहित छिट्टै नै नेपाल फ़र्कने अन्तिम तैयारी भईरहेको भए पनि तिथिमिति भने तय भईनसकेको बताईन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया