टोकियो – नेपालको भाटभटेनीलगायतका थुप्रै नाम चलेका हाउजिङ प्रोजेक्टहरु सफलतापूर्वक सम्पन्न गरिसकेको “रोड शो रियल स्टेट” कम्पनीले आफ्नो हाउजिङ बिजनेशलाई जापानमा यथोचित प्रबर्द्धन गर्न आउँदो १७ तारिख आइतबार टोकियोमा एक बिजनेश सेमिनारको आयोजना गरेको छ ।
“दीप हाउजिङ” प्रोजेक्ट अन्तर्गत पर्यटकीय नगरी पोखराको लामाचौर क्षेत्रमा गण्डकी बोर्डिङ स्कुल नजिकै ६१ रोपनी क्षेत्रफलमा डिपार्टमेन्ट स्टोर, स्वीमिङ पुल, गल्फ प्लाजा, क्याफे एण्ड बार, हेल्थ क्लव, पार्किङ, तथा कम्युनिटी हल, चौबिसै घण्टा सुरक्षाको पूर्ण ब्यवस्थासहितको सुबिधा सम्पन्न ३६ वटा अपार्टमेन्ट र १०८ वटा लक्जरी हाउस निर्माण गर्न गईरहेको सो कम्पनीले जनाएको छ । उक्त प्रोजेक्टको हालसम्म करिव ३० प्रतिशत काम भईसकेको बताईएको छ ।
यसैगरी सो कम्पनीले काठमाडौंको न्यूरोड नजिकैको रञ्जना सिनेमा हलले चर्चेको झण्डै ३० हजार वर्गफिट क्षेत्रफलमा ६ तले रञ्जना ट्रेड सेन्टर निर्माण कार्यको झण्डै ५० प्रतिशत काम सम्पन्न भईसकेको जनाएको छ । जसअनुसार सो भवनको जमिनमुनि ३०० भन्दा बढि मोटरसाईकल र झण्डै ७७ वटा गाडि पार्किङ रहने छन् भने १ तलादेखि ५ तलासम्म हरेक तलामा ७५ वटा पसल राख्न सकिने सटर रहने छन् । यसैगरी छैठौं तलामा भने सिनेमा हल र बालबालिकाहरुको खेल्ने ठाउँ निर्माण गरिने कम्पनीको प्रोजेक्टमा उल्लेख छ । यसैगरी सो कम्पनीले चितवनको यज्ञपुरीमा पनि हाउजिङ प्रोजेक्टका लागि करिव ६५ रोपनी जमिन लिई काम शुरु गरिसकेको पनि जनाईएको छ ।
माथि उल्लिखित हाउजिङ प्रोजेक्टहरुलाई जापानका नेपालीहरुबीच ब्यापक प्रचार-प्रसार गरी लगानीका लागि प्रोत्साहित गर्ने उद्देश्यले आउदों आइतवार आकिहाबाराको एक सभाहलमा बिजनेश प्रोमोशनल सेमिनार कार्यक्रम राखिएको सो कम्पनीका जापान प्रतिनिधि बिनोद शेरचनले बताउनुभएको छ । उक्त सेमिनारका लागि कम्पनीका मार्केटिङ म्यानेजर ताराबहादुर गुरुङ र प्रेमबहादुर रावत यही जुन १४ तारिख जापान आउने कार्यक्रम रहेको छ ।
जापानमा मिहिनेत गरी कमाएको पूंजीलाई आफ्नै लागि वा बिजनेश प्रयोजनका लागि स्वेच्छाअनुसारले सुरक्षाको पूर्ण ग्यारेन्टी भएको हाउजिङ प्रोजेक्टमा लगानी गर्ने सूवर्ण अवसर नगुमाउन सो कम्पनीले जापानबासी नेपालीहरुलाई हार्दिक अपिल गरेको छ । सेमिनारमा पावर प्वाईन्टमार्फत प्रोजेक्टको मोडेल, लगानीका प्रावधानहरु, समयसीमा लगायतका बिस्तृत जानकारी गराईने छ भने अस्पष्ट भएका बिषयमा थप छलफल गरी स्पष्ट हुन सकिने बताईएको छ । प्रोजेक्टमा लगानी गर्न चाहनेहरुका लागि घर, अपार्टमेन्ट भाडामा लगाउने ग्यारेन्टी, कम्पनीले तोकेको मुनाफ़ामा बिक्रि गर्ने ग्यारेन्टी लगायत ९ प्रतिशत ब्याजदरमा बैंक कर्जाको पनि ब्यवस्थासहित किस्ताबन्दीमा भुक्तानी गर्न पाउने सुबिधा रहेको जनाईएको छ ।
आकिहाराबारास्थित एक सभाहलमा साँझ ५ बजेदेखि हुने सो सेमिनारमा भाग लिई उत्कृष्ट बिजनेश प्रोजेक्टमा सहभागी हुने अवसर नगुमाउन रोड शो रियल स्टेट कम्पनीले जापानमा रहेका नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।
हाउजिङ प्रोजेक्टमा लगानी गरी फ़ाईदा लिन चाहने नेपाली तथा जापानीहरुका लागि सेमिनारको ढोका खुल्ला रहने भए ता पनि सिट सीमित भएकोले कार्यक्रममा सहभागी हुन ईच्छुकहरुले यहि जुन १६ तारिख शनिबारसम्म आफ्नो नाम दर्ता गर्न पनि अनुरोध गरिएको छ । सेमिनार पश्चात डिनरसहित ककटेलकोसमेत ब्यवस्था रहेको जापान डाईरेक्टर शेरचनले बताउनुभएको छ । ***
Venue of Seminar: 2 F Kotobuki Building 3-10-4 Iwamoto Cho, Chiyoda-Ku, Tokyo
Train Access: JR & Metro Hibiya Line Akihabara Station 4 Min Walk
Map Link: http://goo.gl/maps/1tMb
Time: 17:00~20:00
Promoted By: HSB Japan Co. ltd
Contact: 080-4455-1298/080-4873-2048