Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो – बिबिसी नेपाली सेवाको जापानमा छायाङ्कन गरिएको टेलिभिजन कार्यक्रम साझा सवालको अर्को शृँखला आउने आइतवार प्रसारण हुने भएको छ ।

गत बर्षको महाभूकम्प तथा सुनामी प्रभावित क्षेत्र सेन्दाई तथा फुकुसीमा पुगेर बिबिसी युनिटले उक्त कार्यक्रमको रेकर्ड गरेको थियो ।

युनिटले भूकम्प तथा सुनामीद्वारा क्षतिग्रस्त क्षेत्रमा पुगेर पीडित तथा सम्बन्धित निकायका अधिकारीहरुसंग प्रत्यक्ष भेटवार्ता गरी जापानले दैवीप्रकोपजन्य बिपत्तिलाई कसरी सामना गर्न सक्यो र बिपत्तिपछिको कहालिलाग्दो स्थितिको कसरी ब्यवस्थापन गर्‍यो भन्ने बिषयमा केन्द्रित रही अबको साझा सवाल प्रसारण हुन गईरहेको उक्त कार्यक्रमका प्रस्तोता नारायण श्रेष्ठले बताए ।

साझा सवाल कार्यक्रमका लागि बिबिसी युनिट गत अप्रिलमा जापान आएको थियो । त्यसबेला रेकर्ड गरिएको जापानका नेपालीहरुको अवस्था लगायत विविध पक्ष बारेको साझा सवालको पहिलो शृँखला भने गत आइतवार प्रसारण भईसकेको छ । साबिकै समयतालिकामा भूकम्प तथा सुनामी प्रभावित क्षेत्रमा छायाङ्कन गरिएको कार्यक्रम अबको शृँखलामा प्रसारण गरिने भएको हो । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया