टोकियो – विश्व वातावरण दिवसको उपलक्ष्यमा टोकियो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन टुनेफले एक छलफल कार्यक्रमको आयोजना गरयो । क्यालिफोर्निया विश्वविद्यालय, डेभिसबाट सन् १९८४ मा प्लान्ट फिजियोलोजी तथा मोलिक्युलर वायोलोजीमा पिएचडि गरी लामो समयदेखि नेपालमा अध्ययन अनुसन्धानमा लागि रहनुभएका वायोटेक्नोलोजीका विद्वान डा. मुकुन्द रन्जितले नेपालको कृषि क्षेत्रको विकासमा वायोटेक्नोलोजीलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने वारेमा पावर प्वाइण्ट प्रस्तुतीकरण गर्नुभएको थियो।
उहाँको प्रस्तुती पश्चात् सहभागीहरुका तर्फबाट विश्वराज सापकोटा, राधिका अर्याल, भरतसिँह नेगी, सुमन दाहाल लगायतले राख्नुभएका जिज्ञासाहरुको प्रस्तुतकर्ता डा. रन्जितले उत्तर दिनुभएको थियो।
नेपालको कृषि क्षेत्रको विकासमा रहेका सम्भावनाहरु र हालसम्म भएका अनुसन्धान तथा खोजका वारेमा छलफल केन्द्रित रहेको थियो।टोकियो विश्वविद्यालयको होँगो स्थित ९ नं. भवनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मञ्चका सँयोजक सुमन दाहालले गर्नुभएको थियो। ***