Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
सल्यान – नुहाउने कुरा पहिलो पटक सुन्दा पाखापानी सल्यानका राउटेहरू झसंग भए । साबुन लगाई नुहाउनुपर्छ भन्ने त उनीहरूलाई नौलो नै लाग्यो । सरसफाइबारे चेतना जगाउन दोस्रो पटक आइतबार सल्यानको धनबाङ गाविसस्थित पाखापानी जंगलमा पुगेका युवा डा. सुशील कोइरालाले अन्तिममा उपाय लगाए, भत्ता दिने ।
दुई घन्टा पैदल हिँडेर त्यहाँ पुगेका डाक्टरको यसपालिको योजना थियो राउटेहरूलाई स्वास्थ्यप्रति गम्भीर बनाउने, नुहाउन लगाउने, साबुन प्रयोग गर्न लगाउने, कपडा धुन लगाउने, नङ काट्न लगाउने र बालबालिकालाई पोलियो थोपा खुवाउने ।
तर, उनलाई यी सबै काम गर्न भने सोचेजस्तो सजिलो भएन । औषधिका रूपमा जिउ दुखेको बेला लगाउने मल्हमबाहेक अरू औषधि प्रयोग गर्न राउटेले निकै कठिन माने । नङ काट्न पनि सबै राउटे तयार भएनन् । अनि अन्तिम कुरो आयो नुहाउने । डाक्टरले नुहाउनुपर्छ भन्दा कोही पनि तयार भएनन् । अनेक गर्दा पनि नमानेपछि डाक्टरले नयाँ योजना निकाले, नुहाएबापत भत्ता दिने । एक पटक नुहाएको ५० रुपैयाँ दिने भन्दा पनि कसैले मानेन । अन्तमा २ सय रुपैयाँ दिने भनेपछि पाँच जना मात्रै नुहाउन तयार भए ।
अनि साबुन लगाएर पाँच जना राउटेले पहिलोपटक नुहाउन सुरु गरे । त्यसको अगुवाइ गरे पूर्वमुखिया ऐनबहादुर शाहीले । नुहाइसकेपछि भने सबैले निकै सहज महसुस गरेको बताए । ‘साबुन लगाएर नुहाउँदा राम्रो हुने रहेछ । मलाई केही साबुन देऊ, म लुकाएर राख्छु अनि फेरि-फेरि पनि नुहाउँछु,’ शाहीले भने, ‘मुखियाले देख्यो भने साबुन प्रयोग गर्न दिँदैन । मलाई साबुन राम्रो लाग्यो । अबदेखि यसैले नुहाउँछु ।’ मुखिया वीरबहादुर शाहीले नुहाउन अनुमति नदिँदासम्म जनता नुहाउन तयार नहुने उनले बताए । जंगलमा बस्ने राउटे जातिले सरसफाइ र सुविधा प्रयोग गर्न नहुने भएकाले साबुनले नुहाउन नहुने मुखिया शाहीले तर्क गरे । त्यसपछि पाँचै जनाले साबुनलाई खोलाको छेउमा ढुंगामुनि लुकाएर राखे अनि सधैं त्यसैले नुहाउने बताए । राउटेलाई नुहाउने बानी पार्न खोजेका डाक्टर त्यसपछि केही खुसी भए । नुहाउनै नचाहने राउटेहरू साबुनले नुहाउन तयार हुनु सकारात्मक कुरा हो । उनीहरूलाई बिस्तारै स्वास्थ्य र सरसफाइप्रति बानी पार्दै जाने हो । एकैचोटि परिवर्तन हुँदैन । बिस्तारै बानी लगाउने हो,’ उनले भने, ‘स्वास्थ्यप्रति गम्भीर हुन थाले भने उनीहरूको अवस्थामा सुधार आउँछ ।’
भत्ता दिएर नुहाउन लगाए पनि राउटेहरूले कपडा धुने साबुन र मन्जन ब्रुश भने प्रयोग गर्न मानेनन् । केही महिलाले कपाल कोर्ने काइयो र ऐना लिए । पुरुषहरूले दाह्री फाल्ने मेसिन र ब्लेड लिए तर सबैजना स्वास्थ्य जाँच गर्न र औषधि खान भने तयार भएनन् । बालबालिकालाई पोलिया थोपा र भिटामिन ए खुवाउन पनि कठिनाइ भयो । ‘मुखियाले खुवाउनै दिएनन् । मुखियाले नमानेपछि अरू कोही पनि तयार भएनन्,’ डा. कोइरालाले भने, ‘बालबालिकालाई भिटामिन ए, पोलियो थोपा र आवश्यक खोपहरू दिन सकेमा उनीहरूलाई बचाउन ठूलो भूमिका हुने थियो,’ उनले भने, ‘राउटेहरूलाई बिस्तारै यसतर्फ आकर्षित  गर्दै जानुपर्छ ।’
राउटेको स्वास्थ्यमा सुधार गर्न एक्लै कस्सिएका आईएनएफ बाँकेमा कार्यरत डा. कोइराला अब सरकारले पनि राउटे बस्तीमा स्वास्थ्य सुविधा दिन पहल गर्नुपर्ने बताउँछन् । ‘सरकारले राउटेलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ तर राउटेहरू अस्पताल नै आउँदैनन् । अनि कसरी कार्यान्वयन हुन्छ त्यो निर्णय ?,’ उनले भने, ‘पहिलो काम त राउटेलाई स्वास्थ्य संस्थामा आउन बानी पार्ने हो । यसका लागि सरकारले योजना बनाएर काम गर्न जरुरी देखिन्छ ।’
डा. कोइरालाले आफ्नो व्यक्तिगत खर्चमा राउटेको स्वास्थ्य जाँच गरिरहेका छन् । राउटे महिला र बालबालिकालाई कपडा किनेर दिइरहेका छन् । महिला र बालबालिकाको स्वास्थ्य निकै जोखिममा रहेकाले नियमित स्वास्थ्य जाँच आवश्यक पर्ने उनले बताए । दुई महिनाअघि तुलसीपुरको चिसापानीस्थित जंगलमा पुगेर उनले राउटेको स्वास्थ्य जाँच गरी औषधि निःशुल्क उपलब्ध गराएका थिए ।
राउटे बालबालिका कुपोषणको सिकार भएको, महिलाहरूको प्रजनन स्वास्थ्य दयनीय भइरहेको, अधिकांशको आँखामा समस्या देखिएको, ढाड र हाडजोर्नीको समस्या सबैजसो वयस्कहरूमा रहेको डा. कोइरालाले बताए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया