Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

आयोजक समितिमा बिस्तार, उपसमितिहरुमार्फ़त तैयारीलाई तिब्र

टोकियो – एनआरएन जापानको आयोजनामा जुलाईको २८ र २९ मा हुन गईरहको यो बर्षको नेपाल-महोत्सव कार्यक्रमलाई लुम्बिनी भ्रमण बर्षकारुपमा बिशेषरुपले मनाउने निश्कर्षसहित आइतवार तैयारी भेला सम्पन्न भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महोत्सवका लागि एनआरएन जापानले उपाध्यक्ष चिरिञ्जिवी थापालाई यसअघि नै संयोजक तोकेको भएपनि आयोजक समिति गठन भएको थिएन । आइतवारको भेलाले महोत्सवलाई लुम्बिनी भ्रमण बर्ष र नेपालको पर्यटन प्रबर्द्धनमा केन्द्रित रही बिशेषरुपले मनाउने निचोडसहित आयोजक समितिलाई बिस्तार गर्नुका साथै बिभिन्न उपसमितिहरुको संयोजक तोकेको छ ।

महोत्सवलाई ब्यवस्थित, मर्यादित र उपलब्धिमुलक तुल्याउन एवं कार्यबिभाजन गर्न सजिलो होस् भन्ने उद्देश्यले बिभिन्न उपसमितिहरु पनि गठन गरिएको हो ।

बिस्तार गरिएको आयोजक समितिमा जापानको नेपाली समुदायका बिभिन्न क्षेत्रका अनुभवी ब्यक्तिहरुलाई चयन गरिएको छ भने सम्बन्धित क्षेत्रमा दखल भएका र रुची भएकाहरुलाई उपसमितिको संयोजक तोकिएको छ ।

बिशेषत जापानी समुदायमा नेपाल चिनाउन र उनीहरुलाई नेपाल घुम्न जान प्रेरित गर्ने दिशामा महोत्सव केन्द्रित हुनुपर्ने भेलाका सहभागी अगुवाहरुले जोड दिए । त्यसका लागि महोत्सवको बिशेष आकर्षणमा ध्यान दिन जरुरी रहेको उनीहरुको भनाई थियो ।

राष्ट्रिय सरोकारको बिषय जोडिएको नेपाल महोत्सव जस्तो बिशेष कार्यक्रमको स्वरुप निर्माणका लागि गहन अध्ययन तथा गृहकार्यको आवश्यक पर्ने भन्दै केहि सहभागीले अनुभवीहरुको एक टोली बनाई त्यसको जिम्मा लगाउन सकिने सल्लाह दिएका थिए ।

जापानमा नेपाल महोत्सवलाई नेपालीहरुको गौरव गर्ने लायकको कार्यक्रमकोरुपमा बिकास गर्दै लैजान आवश्यक रहेको धारणा राख्दै एनआरएन जापानका अध्यक्ष ओम गुरुङले कार्यक्रमलाई सफल पार्न समाजका सबै क्षेत्रका नेपालीहरुको सहयोगको अपिल गरे ।

एनआरएन जापानका उपाध्यक्षसमेत रहेका संयोजक चिरिञ्जिवी थापाले नेपाल महोत्सवको तैयारीका सन्दर्भमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी गराएका थिए ।

दुइ दिवसिय महोत्सव टोकियोको मध्यभागमा पर्ने योयोगी पार्कमा हुने भएको हो । महोत्सवलाई निन्ग्यो नामक एउटा जापानी गैर सरकारी सँस्थाले सहयोग गर्ने भएको छ ।

बिगतका बर्षहरुमा केहि हप्ताको फरकमा दुइ वा तीन पटक हुने गरेको नेपाल फेष्टिबलबाट जापानीहरुमा प्रभावकारी सन्देश दिन नसकिएको भन्ने यहाँका प्रबुद्ध नेपालीहरुको चिन्तासंगै यस्ता फेष्टिबल एकैपटक र एकैठाउँमा हुनुपर्नेमा जोड दिईरहेको सन्दर्भमा यो बर्ष भने नेपालीहरुको फेष्टिबल एकैपटक मात्र हुने संभावना बढेर गएको छ ।

बिगत ५ बर्षदेखि हिबिया पार्कमा नेपाल फेष्टिबलको आयोजना गर्दै आएको नेपाली समाज संगठन (नाज) ले यो बर्ष स्थगन गरेको घोषणा गरिसकेको छ भने गत बर्ष ३ वटा नेपाल फेष्टिबल मध्यको एउटा आयोजक जापानी समुहले एनआरएनको आयोजनालाई सघाउने भएको छ ।

नेपाल फेष्टिबल जापानमा रहेका नेपालीहरुबीचको एकतालाई बलियो बनाउने एउटा शसक्त कार्यक्रम हुन सक्ने अपेक्षालाई अबको फरक परिस्थितिका आयोजनाकर्ताहरुले भने कसरी सम्बोधन गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।****

 

 

 

 

 

तपाईको प्रतिक्रिया