Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

ओताबासी नेपालीहरु जनस्तरको सम्बन्ध बलियो बनाउँदै

टोकियो – यहि जुन ३ तारिखका दिन ओता कुले आयोजना गर्न लागेको युनिभर्सल फेष्टिबललाई ध्यानमा राख्दै उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु र जापानीहरुको संयुक्त भेला गत आइतवार ओमोरीमा सम्पन्न भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो क्षेत्रमा रहेका बिदेशीहरुसंगको घुलमिल बढाई आपसी कला, सँस्कृति एवं सहयोग आदान प्रदानलाई बिस्तार गर्ने उद्देश्यले ओता कुले हरेक बर्ष आयोजना गर्दै आएको युनिभर्सल फेष्टिबल यो बर्ष (पांचौ बर्ष) जुन ३ तारिख हुन लागेको हो । सो फेष्टिबलमा उत्साहजनक नेपालीहरुको सहभागिताको लागि स्थानिय जापानी समुदायले धेरै पहिलेदेखि आह्वान गर्दै आईरहेको छ । यसै सन्दर्भमा आइतवार आयोजित संयुक्त भेलामा जापानीहरुले फेष्टिबललाई सफल पार्न नेपालीहरुको उत्साहबर्द्धक सहभागिताको लागि पुन: अपिल गरेका छन् ।

भेलामा धेरैपटक नेपाल गएका, नेपालको बिभिन्न स्थानमा बिद्यालय स्थापना लगायतका शिक्षा, स्वास्थ्यका क्षेत्रमा बिभिन्न ढंगले सहयोग गरेका, लुम्बिनी, सगरमाथा, नेपाली कला र सँस्कृतिप्रति निकै चासो र जानकार भएका जापानीहरुको उपस्थिति थियो ।

सो अवसरमा जापानीहरुले ओता कुमा बस्ने नेपालीहरुका समस्याहरुको बारेमा जानकारी लिई समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवसरमा उपस्थित नेपालीहरुले भाषा समस्याका कारण चिठीपत्रलगायत कागजातका लागि वडा कार्यालयमा पर्ने काम, भाडामा कोठा लिनुपर्दा ग्यारेन्टरको झमेला जस्ता समस्याहरु अवगत गराएपछि जापानीहरुले ईच्छुकहरुका लागि निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने बारे तयारी भईरहेको, कागजातहरुको अनुबादको ब्यवस्था र बिना झन्झटिला कोठा तथा घर उपलब्ध गराउने बारे परामर्श सेवा शुरु गर्न सकिने प्रतिबद्धता ब्यक्त गरेका हुन ।

अन्तमा, युनिभर्सल फेष्टिबललाई सफल पार्न नेपालीहरुको सक्रिय सहयोग र सहभागिताको लागि अपिल गर्दै आयोजकहरुको तर्फबाट डा. कोबायासीले भेला अर्थपूर्ण रहेको प्रतिक्रिया दिए भने नेपाली अगुवा शालिकराम भण्डारीले यस्ता भेलाहरु हरेक महिनामा नियमित गर्दै जाने सहमतिअनुसार अर्को भेला जुन महिनाको २४ मा गरिने जानकारी दिए ।

ओता कु सिन्जुकु कु पछिको सबैभन्दा धेरै नेपालीहरु रहेको वार्ड मानिन्छ ।

बिभिन्न देशका कला, सँस्कृति, खानपान, भेषभुषा जस्ता चिनारी झल्काउने स्टलहरु, खेलकुद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम जस्ता आकर्षण फेष्टिबलमा रहने जनाइएको छ ।

लुम्बिनी भ्रमण बर्षकोसमेत सन्दर्भ परेको उक्त फेष्टिबललाई नेपाललाई चिनाउने अवसरकारुपमा समेत भरपुर उपयोग गर्न सकिने भएकोले उत्साहजनक नेपालीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । फेष्टिबल हानेडा विमानस्थल नजिकै पर्ने ओता स्टेडियममा हुने भएको हो ।

स्मरण रहोस् हानेडा अन्तरराष्ट्रिय विमानस्थल पनि यसै वार्डमा पर्ने भएकोले पनि यस वार्डका जनताहरु बिदेशीहरुसंग  घुलमिल गर्न बढि रुचाउने बताईन्छ । ***

 

 

 

 

तपाईको प्रतिक्रिया