Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौ- बम विस्फोटबाट घाइते भएका २३ जनालाई जिउँदै इँटाभट्टामा राखी हत्या गरेको अभियोगमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहमद अफताब आलमलाई पक्राउ गर्न मंगलबार सर्वोच्च अदालतले आदेश दिएको छ । संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम विस्फोटमा २३ जना घाइते भएका थिए ।
घाइतेलाई उपचार गर्नाको सट्टा इँटाभट्टामा राखी जिउँदै जलाएको अभियोगमा सर्वोच्चले आलमलाई पक्राउ गर्न भनेको हो । न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले आलमसहित पाँचजनालाई पक्राउ गरी कार्बाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा आदेश जारी गरेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले बताए ।
आलमले  चुनावलाई लक्ष्य गरी बनाउन लगाएको बम २७ चैत ०६४ मा विष्फोट भई दुई नेपाली र २१ भारतीय नागरिक घाइते भएका थिए । भाडामा प्रयोग गरिएका कामदार विस्फोटबाट घाइते भएपछि उनीहरूलाई भट्टामा जिउँदै जलाएर मारिएको आरोप आलमसहित पाँचजनालाई लागेको छ । सर्वोच्च अदालतले उनीसँगै मोहताप आलम, माविन आलम, शेष राज र शेष भदैलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
रौतहट राजपुर×–४ खरहवामा भएको बम विस्फोटबाट स्थानीय नेपाली त्रिलोकप्रताप सिंह र कौसी अफ्तर मियासहित २१ भारतीय घाइते भएका थिए । आफूले बम बनाउन लगाएको भेद खुल्ने त्रासमा आलमले उनीहरुको हत्या गरेको उल्लेख गर्दै मृतक मियाकी आमा सोक्सना खातीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्  तर प्रहरीले पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थिएन ।
सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेपछि  खाती हत्यारालाई कार्बाहीको माग गर्दै सर्वोच्च अदालत पुगेकी थिइन् । अदालतमा रिट परिरहेकै बेला खातीको पनि रहस्यमयरूपमा हत्या गरिएको थियो । अधिकारकर्मीले खातीको हत्या पनि आलमले नै गरेको आरोप लगाए तर मुद्दा दर्ता हुन सकेन ।
सर्वोच्च अदालतले मंगलबार मुद्दा चलाउन पर्याप्त प्रमाण भएको ठहर गर्दै आरोपित आलमसहितलाई पक्राउ गर्न आदेश दिएको हो । ‘मुद्दा चलाउनका लागि अदालतमा पेस भएका प्रमाण पर्याप्त छन्, आरोपीलाई पक्राउ गरी छानबिन प्रक्रिया थाल्नू,’ आदेशमा भनिएको छ ।
पूर्वश्रममन्त्री आलम रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया