Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको जापानस्थित भात्तृ संगठन प्रवासी नेपाली संगठन (ONO) जापानले एक बिज्ञप्तीमार्फत डा. बाबुराम भट्टराई सरकारको राजीनामाको माग गर्दै सर्वदलिय सरकारको गठन गरेर मात्र अर्को संबिधान सभाको निर्वाचन गर्न जोडदार माग गरेको छ ।

बिज्ञप्तीमार्फत नेपालको आर्थिक स्थिति र जनसंख्यालाई मध्यनजर राख्दै सानो र मितब्ययी खालको २५१ सदस्यीय संबिधान सभाको निर्माण गर्न पनि सम्पूर्ण राजनैतिक दलहरुको ध्यानाकर्षण गराईएको छ ।

ओनो जापानको तर्फबाट अध्यक्ष रघुदीप खड्काले संबिधान सभा भंग भएपछिको पछिल्लो राजनैतिक परिदृश्यका सन्दर्भमा आजै एक बिज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – ’अन्तत नेपाली जनताले संबिधान पाएनन् । जुन कुरा हाम्रो पार्टीले त्यतिबेला नै स्पष्ट पारेको थियो, जतिबेला देशमा जातिय संघियताको नारा लिएर देशलाई टुक्र्याउने षडयन्त्रमा बिखण्डनकारी शक्ति स्पष्ट नीति लिएर अगाडि बढेको थियो । हामी स्पष्ट थियौं कि, जुन संबिधान सभामा देशद्रोही, पासपोर्ट बेचुवा, मुद्दा लागेका, डकैत, अनपढ, ज्यानमारालगायतका सदस्य भएको संबिधान सभाले संबिधान बनाउने आशा गर्नु नेपाली जनताको ठूलो भुल थियो । वास्तवमा यो संबिधान सभा २ बर्ष पहिले नै बिघटन हुनुपर्दथ्यो तर ढिलैभएपनि बिघटन भएको छ । यसैसन्दर्भमा ओनो जापान यथाशिघ्र डा. बाबुराम भट्टराई सरकारले राजीनामा गरी सर्बदलीय सरकार बनाई अविलम्ब चुनाव गर्न अपिल गर्दछ ’- बिज्ञप्तीमा भनिएको छ ।

साथै अब नेपाली जनताले ६०१ को भेडीगोठलाइ भत्ता ब्यहोर्न नसक्ने भएको कारणले अब नेपालको आर्थिक स्थिति तथा जनसंख्याको हिसाबले सानो र मितब्ययी २५१ सदस्यीय संबिधान सभाको निर्माण गर्न पनि बिज्ञप्तीमार्फत ओनो जापानले सम्पूर्ण राजनैतिक दलहरुलाई हार्दिक अपिल गरेको छ ।

­ ‘अझै पनि देशमा बिखण्डनकारीहरु चुनाव हुन नदिने षडयन्त्रमा अघि बढेको आभास ओनो जापानले गरेको छ । तसर्थ यसै प्रेस बिज्ञप्तीमार्फत सम्पूर्ण देशप्रेमी नेपाली जनतालाई सजग र सतर्क हुन पनि हार्दिक अपिल गर्दछौं’ – बिज्ञप्तीमा उल्लेख छ।

स्मरणरहोस, पशुपति शमशेर जबराले नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्तृ संस्थाकोरुपमा जापानमा गठन भएको ओनो जापान गत बर्षमात्र कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा समाहित भएको हो ।
जापानमा राप्रपा नेपालको ओनो जापान, एनेकपा माओबादीको नेपाली जनप्रगतिशील मोर्चा, नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति र नेकपा एमालेको नेपाली लोकतान्त्रिक मञ्च गरी ४ वटा राजनैतिक पार्टीका भात्तृसंस्थाहरु क्रियाशील छन् ।  ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया