टोकियो – गुरुङ जातिहरुको सांस्कृतिक धरोहरका रुपमा रहेको रोंधि प्रथालाई जोगाईराख्न तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रम अगस्त १२ तारिख गरिने भएको छ !
ओमोरीस्थित सेयु भवनको हलमा मे-२७ तारिख धिंका अध्यक्ष हर्क गुरुङको अध्यक्षतामा बसेको चौथौ बैठकले सो निर्णय गरेको हो | जापानमा गर्मी बिदाको अवसर पारेर गरिने यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रमका लागी नेपालदेखि आमन्त्रित गरिने राष्ट्रिय कलाकार एवं स्थानिय कलाकारहरुको बिबिध सांगीतिक प्रस्तुति रहने भएको छ भने नेपालदेखि आमन्त्रित कलाकारको तय गर्न बांकी रहेको सांस्कृतिक संयोजक युक्तमान गुरुङले बताउनुभयो | यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रम आउदो अगस्त महिनाको -१२ तारीख आइताबारका दिन इकेगामी खाईकन हलमा गरिने भएको छ ।
साथै गत बैशाख २३ गते कास्कीको माछापुछ्रे गाबिसस्थित अन्नपूर्ण हिमश्रृंखला पग्लिएर आएको भीषण बाढी पहिरोले कास्कीको खारापानी सर्दिखोला लगायतका ठाउमा भएको अकल्पनीय दुखद घटनाका मृतक एवं पीड़ित परिवारहरुका लागी तमु धिं जापानद्वारा संकलित राहत रकम केही दिनमा तमु धीं जापानका उपाध्यक्ष पदमबहादुर गुरुङको संयोजकत्वमा धि का पूर्व सल्लाहकारप्रमुख चेनबहादुर गुरुङ, सल्लाहकारहरु तेजबहादुर गुरुङ, हर्क गुरुङ, दुर्गा गुरुङ, श्री गुरुङ, झम गुरुङ, गिरीप्रसाद गुरुङबाट हस्तान्तरण गरिने भएको छ | सोही बैठकले सिराह जिल्लाको सुब्बा औरही गाबिसमा यही जेष्ठ २ गते भएको भिषण आगलागी भई ठुलो धनमालको नोक्सानी हुनुको साथै केही मानिसहरु घाईते भएको र घटनामा पीड़ित साथै घरबारबिहीन भएकाहरुका लागी तमु धिं जापानले आर्थिक राहत प्रदान गर्ने निर्णय गरिएको धिं का वरिष्ठ उपाध्यक्ष भीम गुरुङले बताउनुभयो ।