Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – नेपाली राजदूतावासद्वारा एक समारोहको आयोजना गरी आज टोकियोमा चौथो गणतन्त्र दिवस मनाईयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गणतन्त्र प्राप्तीका लागि आफ्नो जीवनलाई नै उत्सर्ग गर्ने ज्ञात-अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले गणतन्त्रको सँस्थागत बिकासका लागि हामी सबैले आ­-आफ्नो ठाउँबाट जिम्मेवारी ढंगले सकारात्मक भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिनुभयो । जापानका परराष्ट्रमन्त्री कोइचीरो गेम्वाको हालै भएको नेपाल भ्रमणका बारेमा जानकारी गराउँदै राजदूत डा. भट्टराईले लामो अन्तरालपछि भएको जापानको उच्चस्तरिय भ्रमणबाट दुईदेशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बिचार ब्यक्त गर्नुभयो ।
गणतन्त्र दिवस समारोहमा बोल्ने बिभिन्न संघ-संस्थाका वक्ताहरुले गणतन्त्र प्राप्तीका लागि सहादत प्राप्त गर्ने वीर योद्धाहरुप्रति श्रद्धासुमन ब्यक्त गर्नुका साथै घाइते-अपाङ्ग तथा अंगभंग भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनीहरुले नेपालमा संबिधान जारी हुने हो वा भंग हुने भन्ने बिषयमा चिन्ता जाहेर गर्दै आजको जेठ १४ गतेले नयाँ नेपालको ढोका खोल्ने ऐतिहासिक कामको शुरुवात हुन सकोस् भन्ने गणतन्त्र दिवसको शुभकामना पनि ब्यक्त गरेका थिए ।

सो अवसरमा एनआरएन जापानले तयार पारेको निर्माणाधिन संबिधानमा समाविष्ट गरिनुपर्ने बुँदाहरुको सुझाव प्रतिबेदन सहितको ज्ञापनपत्र नेपाल सरकार, संबिधान सभा लगायतका सरोकारवाला निकायमा पठाउनका लागि राजदूत डा. भट्टराईलाई हस्तान्तरण गरियो । एनआरएन अध्यक्ष ओम गुरुङले उक्त ज्ञापनपत्र राजदूत डा. भट्टराईलाई र सेती नदि बाढि पीडितहरुका लागि संकलित रकम २ लाख १७ हजार ५ सय येन एनआरएन एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापालाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, मिडियाकर्मी, बुध्दीजीवी र केहि जापानीहरुको पनि उपस्थिति रहेको थियो । ***

तपाईको प्रतिक्रिया