Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

वर्गहरट ।  वेल्जियममा आउंदो अक्टुवर महिनाको १४ तारिखमा हुने स्थानीय निकायको निर्वाचनमा एनभेआका तर्फवाट Borgerhout District काउन्सिलर पदका लागि पार्टीका तर्फवाट उम्मेदवारी पाएका कृष्णप्रसाद रेग्मी पार्टीका २५ सदस्यीय उम्मेदवारहरु मध्ये ११ नं मा पर्नुभएको छ । उनी पछाडि पनि १४ जना यहांका स्थानीय वासिन्दाहरु सो लिष्टमा रहेका छन । नामावली छनौटप्रकृया पार्टीको जिल्ला कार्यसमितिको उम्मेदवार छनौट समितिले विभिन्न आधारहरुमा रहेर तय गरेको हो । सामानुपातिक मतदान प्रकृयाको लिष्ट पद्दतिमा हुने निर्वाचनमा उहाँले पाएको उम्मेदवारी स्थानले वेल्जियममा रहेका नेपालीहरुविच आशा पलाएको छ ।वेल्जियमको सवैभन्दा ठूलो राजनैतिक दल एनभेआको ठूलो पकड भएको क्षेत्रमा हालसम्म र खास गरि २०१० को संसदीय निर्वाचनमा रहेको वर्तमान साख मात्र कायम रहेको अवस्थामा पनि रेग्मीले निर्वाचन जित्ने पक्कापक्की अनुमान गर्न सकिन्छ ।

उक्त क्षेत्रमा एनभेआको केन्दीय पार्टी सभापति तथा हालका संधीय सरकारका विपक्षी दलका नेता वार्थ दे वेभरले नै नेतृत्व गर्ने सो स्थानीय निर्वाचनमा सोही क्षेत्रवाट मेयरमा उठ्ने घोषणा भैसकेको हुदाँ पनि रेग्मीको निर्वाचन क्षेत्रमा विशेष राजनैतिक चहलपहल भएको छ । वेल्जियमको वर्गरहट निर्वाचन क्षेत्रमा करिव ४० हजार मतदाता रहेका छन र निर्वाचन जित्नलाई कम्तिमा पनि १५ सय हाराहारी वा सो भन्दा वढि मत प्राप्त गर्नुपर्ने छ । वेल्जियममा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था भएको हुदाँ यहाँ विश्वको धेरै मतदान हुने देश मध्ये यो देश पर्दछ । मतदान गर्ने दिनमा यो देशमा नहुनेले वा अरु नै जरुरी काम परेर जान नसक्नेले मन्जुरीनामा दिएर प्रोक्सी मतदान समेत गर्न सक्नेछन । वेल्जियम भरमा सरकारी रेकर्डअनुसार १८९३ नेपाली रहेका छन । ति मध्ये मतदान गर्नैपर्नेको संख्या २१४ छन र मतदान गर्न पाउनेको संख्या ८०६ रहेको छ । २००७ को जुलाई ३१ भित्र ५ साले कागज लिएकाहरुले मतदान गर्न पाउने अधिकार छ तर त्यसका लागि उनीहरुले सम्वन्धित सिटिहलको निर्वाचन शाखामा नाम दर्ता गराउनुपर्ने जनाइएको छ । अव पार्टीको प्रचारप्रसारमा घोषणा पत्रहरु लगायतका मिडियामा पार्टी तर्फवाट वेल्जियम भरमा उम्मेदवार दिनेहरुको नामावलीको घोषणा यही २६ तारिख विशेष समारोहका विच सभापति वार्थ द वेभरले गर्ने छन । स्मरणीय छ, नेपालको चितवन जिल्लामा जन्मिनुभएका विगत १० वर्ष देखि वेल्जियमा रहनुभएको छ । उनी अहिले एनआरएनको केन्दीय समिति अन्तर्गतको सूचना तथा संचार कार्यदलको केन्दीय सदस्य समेत रहेका छन । साथै उनी संचारक्रमी तथा लेखक पनि हुन । उनको उम्मेदवारीमा सहयोग गर्न र नेपालीहरु कसरी परिचालित गराउन सकिन्छ भनेर यहाँस्थित एनआरए लगायतका संस्थाहरु छलफलमा व्यस्त छन । १९ मे का दिन वेल्जियमका लागि नयाँ नेपाली राजदूत राममणी पोखरेलको स्वागत तथा रेग्मीको उम्मेदवारी सम्वन्धमा समेत एनआरएनले भव्य कार्यक्रम सम्पन्न गरिसकेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया