Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

दुबई । विश्वमा नै शान्तिको प्रतिक र शान्तिको दूत मानिने बुद्ध भगवानको २५५६ औं जयन्ती विधिवत रुपमा पूजाआजा र विभिन्न रंगारंग साँस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । सो जयन्ती कार्यक्रम शेर्पा किदुग युएइको आयोजनामा गत १८ मे शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा जनजाति महासंघ युएइका अध्यक्ष गिरमान थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएइका अध्यक्ष पासाङ रिन्जी शेर्पाले गर्नुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए ।

अतिथिहरुबाट भगवान बुद्धको तस्वीरमा चावलले पूजा गर्दै थालनी गरिएको कार्यक्रममा विभिन्न फलफुल र बिस्कुटलाई प्रसादकोरुपमा उपस्थित सबैलाई बाँडिएको थियो । वक्ताहरुले आ-आफ्ना मन्तव्यको क्रममा बुद्ध नेपालमा जन्मिएको हो र वहाँको भक्तहरु विश्वमा फैलिएको बताए । आजकलको यो राजनीतिक माहौलले गर्दा देशमा अशान्ति छाएको बेला बुद्धले दिएको उपदेशहरु अपनाउनुपर्नेमा जोड दिएका थिए ।

पहिलो सांगीतिक कोसेली स्थानीय गायक राजन समालको गीत “पानधारे चौकी, माया पो नलाई मरिन्छ कि” भन्ने गीतबाट थालनी गरे लगत्तै आङसानी शेर्पाको “सपनीमा हो कि विपनीमा हो” भन्ने गीतमा नृत्य गर्दै माहौललाई तताएको थियो । त्यस्तैगरी कपिल तामाङको गीत “तुलसी आगनमा रोपौला”, “मौरी तेसै घुम्दैन” गीतमा छाङजी शेर्पाको नृत्य र “यो दिल किन ढक-ढक गर्छ” गीतमा विना तामाङको नृत्यले सुनमा सुगन्ध थपिदिएको थियो ।

विविध सांगीतिक माहौलमा मनाएको २५५६ औं बुद्ध जयन्ती कार्यक्रमलाई केन्द्रीय सदस्य तेन्जिङ शेर्पाले संचालन गर्नुभएको थियो । ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया