Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

नेपाली चलचित्र ’दशगजा’ प्रदर्शन गरियो

मस्कट ।  नेपाल  र नेपालीलाई बिश्वसामु चिनाउदै गौतम बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश बोकेर शुरु भएको सौरब दाहालको बिश्व साइकल यात्रा यतिबेला ४६ राष्ट्र यात्रा पार गर्दै ओमानसम्म पुगेको छ ।
दाहालले ओमानमा दिनको ४० किमी भन्दा बढी यात्रा गर्ने गरेका छ्न । ५ दिन भित्रमा दाहालले मस्कटमा १८० किलोमिटर भन्दा बढी यात्रा गरिसकेका छ्न । ओमानमा अहिले अत्यधिक गर्मी भएता पनि दाहालले निरन्तर यात्रा गर्दै सबैलाई चकित पारेका छ्न । ओमानका स्थानिय संचार माध्यमहरुमा दाहालको यात्राका बारेमा निरन्तर समाचार प्रकाशित भइरहेका छन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत शुक्रबारका दिन एनआरएन ओमान, नेपाली एकता समाज ओमान, सगरमाथा सोसाइटी लगायतका संघसंस्थाहरुले मस्कटमा दाहाललाई भब्य सम्मान गर्दै आगामी यात्रा सफ़ल्ताको शुभकामना दिएका छ्न । सो अवसरमा दाहालले पनि आफ़्नो यात्राको अनुभब सुनाएका थिए |

यसैगरी सो अवसरमा नेपाली चलचित्र ‘दशगजा’ पनि प्रदर्शन गरिएको थियो । नेपालबाट दशगजाका नायक तथा निर्माता नवल खड्का पनि ओमान आएकाथिए। खड्कालाई नेपाली संघसंस्थाहरुले मायाको चिनो दिंदै सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए । ओमानमा नेपाली चलचित्रको प्रदर्शन पनि दशगजाबाटै शुरुभएको छ । सो अवसरमा बोल्दै एनआरएन ओमानका अध्यक्ष डिबी क्षेत्रीले ओमानका अन्य शहरमा पनि दशगजा प्रदर्शन गर्ने जानकारी गराएका थिए । ***

तपाईको प्रतिक्रिया