
टोकियो–जापानको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ । जापानको गत जनवरी देखि मार्चसम्मको पछिल्लो त्रैमासिकको आर्थिक विकास विगतको भन्दा एक प्रतिशत बढीले वृद्धि भएको देखिएको छ । जापानी सरकारले यो वृद्धिलाई अपेक्षा गरिएभन्दा पनि उच्च रहेको बताएको छ । यो तथ्यांक विहिबार सार्वजनिक भएको हो ।
गत वर्ष भूकम्प र सुनामीबाट कष्टकर समय बिताएको जापानको अर्थव्यवस्था चार प्रतिशतले आर्थिक विकास भएको छ ।
यसअघि जापान सरकारले बितेको त्रैमासिकमा करिब ०.९ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो । तर, हालैको यो पछिल्लो तथ्यांकमा भने एक प्रतिशतले बढेको पाइएको छ ।
जापानका अर्थमन्त्री मातोहिसा फुरुकावाले जापानको आर्थिक अवस्थामा सुधार आएको बताए । उनले भने–‘विगतका दिनहरु भन्दा निकै प्रगति जापानको अर्थतन्त्रमा भएको देखिएको छ । यो पछिल्लो आँकडाले पनि त्यहि देखाएको छ ।’ उनले सन् २०११ को मार्चमा गएको महाभूकम्प र सुनामीका कारण बिग्रिएको जापानी अर्थतन्त्रले विस्तारै सुधारका संकेत देखाएको बताए ।
गत वर्षको सुनामीका कारण जापानको आर्थिक अवस्थामा निकै नै गिरावट आएको थियो । सोही कारणले जापान विश्वको तेस्रो ठुलो अर्थतन्त्रमा धकेलिन पुगेको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार जेष्ठ ५, २०६९
प्रकाशित समय: १५:५९:०८