टोकियो – यहि बैशाख २३ गते शनिबार बिहान अन्नपूर्ण माछापुच्छ्रे हिमालको आधार शिविरभन्दा तल झण्डै ११ हजार फिट उचाईबाट खसेको हिमपहिरोले थुनिएको सेती गण्डकीको मुहान अकस्मात फुटेर सेती नदीमा आएको बाढीका कारण सार्दीखोला गाउबिकास समिति तथा माछापुछ्रे गाउबिकास समितिमा भएको ठुलो धनजनको क्षति भई बिचल्लीमा परेका व्यक्तिहरु, घाइतेहरु साथै मृतकका परिवारहरुको सहयोगको लागि सेवा र सहयोग गर्ने उद्देश्यले स्थापित नेपाल जापान सेवा समाजको पहलमा आफ्ना सदस्यहरु, बिद्यार्थी लगायत (WEC) World Enterprize Corporate संग समन्वय गरि उठेको संकलित रकम जापानी यन ३५००० अर्थात् नेपाली रु ३७०२० रकम सहयोगको लागि जापानमा संचालित रेमिटेन्स कम्पनी मार्फत निशुल्क नेपाल पठाएको कुरा संस्थाका अध्यक्ष्य कृष्ण के. श्रेष्ठ काल्सले बताउनुभएको छ ।
संस्थाको स्थापना भए पश्चात सबैभन्दा पहिले आफ्नै गृहजिल्ला पोखरामा संस्थाबाट सहयोग गर्न पाउदा अत्यन्तै खुसि लागेको कुरा पनि संस्थाका सचिब प्रकाश गुरुङले बताउनुभयो । साथै जापानमा बस्नुहुने नेपालीहरुलाई सहयोगको लागि अपिल पनि गर्नुभएको छ । सहयोगको लागि नेपाल जापान सेवा समाजमा सम्पर्क गर्न सकिने बताईएको छ । ***
फोन नं
090-6478-1591 कृष्ण श्रेष्ठ/ 080-3556 -8366 प्रकाश गुरुङ/080-3581-9939 हर्क सुनुवार