टोकियो – संघीय गणतान्त्रिक नयाँ नेपालको संबिधान आउन अब १ हप्ता र केहि दिन बाँकी छ । संबिधान निर्माणको धेरैजसो कामहरु सकिए पनि महत्वपूर्ण र संवेदनशील बूँदाहरुमा भने अझै सहमति जुटिरहेको छैन । प्रमुख दलहरुका शिर्षस्थ नेताहरुबीच दैनिकजसो भईरहेको उच्चस्तरिय बैठकबाट संबिधान निर्माणमा देखिएका सबै गाँठाहरु फुकाउने प्रयासहरुलाई थप तिब्र पारिएको छ । नेताहरुको अन्तिम सहमति भएको सुखद खबर सुन्न सारा नेपालीहरु ब्यग्र प्रतिक्षारत छन् ।
नेपालको ईतिहासमा महत्वपूर्ण र ऐतिहासिक निर्णय एवं सहमतिहरु अन्तिम घडिमा हुने गरेको विगतलाई हेर्दा यो पाली पनि अन्तिम आधारातमा भए पनि संबिधान आउने आशा गर्न सकिने अवस्थाहरु बिकसित हुँदै गएका छन् । निराशाको चिराबाट तेजिलो हुँदै गएको आशाको किरणले यो पटकको जेठ १४ भने सांच्चिकै जेठ १४ नै हुने आशा गर्न सकिन्छ । आशाबादी हुनु नै यतिखेर मुलुक र मुलकबासीको हितमा हुने देखिन्छ ।
यसैबिच संबिधान निर्माणमा सबैभन्दा पेचिलो बिषय बन्न पुगेको संघीयताको सवालमा देशभित्र मात्र नभएर देशबाहिरबाट पनि अनेकौ तर्क र बितर्कहरु गर्दै चासो र चिन्ता ब्यक्त गरिरहेको अवस्था छ । अष्टे्लिया, युरोप, अमेरिकामा रहेका नेपालीहरुदेखि लिएर खाडिक्षेत्रमा बस्ने नेपालीहरुले संघीयताका सवालमा चासो र चिन्ता ब्यक्त गर्दै आफ्ना धारणाहरु सार्बजनिक गरिरहेका छन् । तर जापानमा रहेका नेपालीहरु भने यतिधेरै चासो र चिन्ताको बिषयमा पनि अहिलेसम्म मौन रहेको पाईन्छ । तर ढिलैभएपनि केहि पाठकहरुबाट भने संबिधानमा केन्द्रिय बहस बन्न पुगेको संघीयताको सवालमा विचारणीय लेखमार्फत आफ्ना धारणा ब्यक्त गरेका छन् । जुन यस प्रकार छ :-
संघीयतालाई स्थगन गर – राजेन्द्र कुँवर, बागलुङ हाल जापान
अखण्ड नेपाल – अनुपराज कंडेल, साईतामा
(निर्माणाधिन संबिधान अन्तरगतका संघीयतालगायतका बिषयमा आफ्ना लेखरचना भए जेठ १० अगावै हामीलाई पठाई ढिलैभएपनि बिचारको बहसमा भाग लिन सक्नु हुने छ )