Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – निवर्तमान महासचिव अर्जुन अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै अन्तरराष्ट्रिय नेपाली समाज जापानको तेश्रो अधिवेशन आइतवार टोकियोमा सम्पन्न भएको छ ।

अधिवेशन सत्रले अधिकारीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेज अर्याल, महासचिवमा पुष्करजंग थापा, सचिव अनोज थापा, कोषाध्यक्षमा प्रल्हाद महत, सहकोषाध्यक्षमा बुद्धिराज घिमिरे चयन भएका छन् । यसैगरी सदस्यहरुमा कृष्ण सापकोटा, सोम गुरुङ, ईश्वर अधिकारी, रामजंग कार्की, रत्न थापा, राजेन्द्र श्रेष्ठ, भुमप्रसाद गैरे र जोन छन्त्याल रहेका छन् ।

राष्ट्रियगानबाट शुरु गरिएको सो अधिवेशनमा हालै सेती बाढीबाट पोखरा क्षेत्रमा भएको धनजनको क्षतीप्रति दुख ब्यक्त गर्दै दिवंगत आत्माहरुको चिरशान्तिको कामनामा १ मिनेट मौनधारण पनि गरिएको थियो । सँस्थाका अध्यक्ष शालिकराम भण्डारीको सभापतित्वमा भएको सो अधिवेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यबाहक राजदूत तापस अधिकारीले नवगठित कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको कामना गरे ।

उपाध्यक्ष शशि विकको स्वागत भाषण रहेको सो अधिवेशन समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अधिवेशन सफलताको लागि शुभकामना ब्यक्त गर्नुका साथै नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए । साथै उनीहरुले सँस्थाको ऐतिहासिक पृष्ठभूमिलाई बिर्सन नमिल्ने र अग्रजहरुको योगदानको कदर गरिनुपर्नेमा जोड दिए । वक्ताहरुमा बिशेष अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनआरएन आईसीसी सदस्य रोशन केसी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल रहेका थिए भने अतिथि वक्ताहरुमा सो सँस्थाका पूर्व महासचिव महेशकुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका कोषाध्यक्ष नवराज थापा, एनआरएन आईसीसी पूर्व प्रवक्ता डा. कुमार बस्नेत, नेपाली लोकतान्त्रिक मञ्च जापानका अध्यक्ष सिर्जना काफ्ले, मञ्चका टोकियो संयोजक देवीलाल भण्डारी, गुल्मेली समाजका सल्लाहकार राजु ढकाल, थसेसका अध्यक्ष शरदकुमार गौचन, अनेसास जापानका प्रतिनिधि रामजंग कार्की, नेपाली बिद्यार्थी समाजका राजन भट्टराई, We For All का अध्यक्ष सरोज खत्री, माया नेपाली संगीत संस्थाका युको ओकामोतो मल्ल, नेपाली ब्यवसायी संघका महासचिव चिरिञ्जिवी थापा, नेपाली इञ्जिनियर्स एसोसियसनका हरि पहारी, तमु धी जापानका अध्यक्ष हर्क गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, नेपाललाई माया गर्ने समाजसेवी जापानी डा. कोबयासी, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरेलगायतका रहेका थिए ।

समारोहमा महासचिवका हैसियतले अर्जुन अधिकारीले सँस्थाको हालसम्मको कार्यप्रगति प्रतिबेदन पावर प्वाईन्टमार्फत पेश गरेका थिए भने सदस्य भुमप्रसाद गैरेले धन्यबाद मन्तब्य दिएका थिए । अन्तमा सभाका सभापति भण्डारीले आफ्नो कार्यकाल सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैमा हार्दिक धन्यबाद तथा कृतज्ञता ज्ञापन गर्दै सभाको समापन गरेका थिए । कार्यक्रमको संचालन निबर्तमान सचिव पुष्करजंग थापाले गरेका थिए ।

औपचारिक अधिवेशन समारोह समापन पश्चात जापानमा नेपालीहरुको बढ्दो आगमनसंगै उत्पन्न विविध खालका समस्या, यहाँका संघसंस्थाहरु एवं दूतावासको भूमिका बिषयमा केन्द्रित रही अनौपचारिक अन्तरक्रिया गरिएको थियो । आयोजकहरुले प्रस्तुत बिषयमा गरमा-गरमी साझा बहस गरिने भनिएको भए पनि समयको अभाव र आवश्यक तैयारी नपुगेको भन्दै पुनः अर्को उपयुक्त मितिमा साझा बहस गर्ने गरी कार्यक्रमको अन्त गरिएको थियो । अधिवेशन समारोहमा झण्डै २ दर्जनभन्दा बढि वक्ताहरुले बोलेका थिए । आम नेपालीको सरोकारको बिषयमा बेलाबेलामा साझा बहस गरिनु आवश्यक भए पनि यस्ता महत्वपूर्ण बहसहरुको आयोजना गर्दा सोहीअनुसारको तैयारी हुनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । ***

 

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया