Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

७ साले आन्दोलनले राणा शासन हरायो,
४६ सालको आन्दोलनले दरबार डरायो
५२ मा एकथरिको आन्दोलनले शान्ति हरायो
६२, ६३ पछि शान्ति आयो, राम्रो भो दरबारै हरायो !!!

समय बित्दै जाँदा अहिले मेरो मनै डरायो
त्यसपछि त मेरा आफ्ना धेरै चीज हरायो
नङ्ग्याईदिने हुन् कि कतै मनै डरायो
राष्ट्रिय पोशाक हाम्रो दौरासुरुवाल नै हरायो !!!

 

बिन्ति मलाई नकाट भन्दै सपनीमा गाई करायो
धर्मप्रति मान्छेहरुको आस्था हरायो
तमुवान, थरुवान, लिम्बुवान खै के के आयो
समग्रमा हाम्रो राष्ट्रियता भन्ने शब्दै हरायो !!!

 

‘हरियो बन नेपालको धन’ भनेको वनै हरायो
सबै जातीय नारा गाउन थाले, राष्ट्रियगान गाउनै हरायो
छुट्टै प्रदेश चाहियो भन्दै मधेशका दाइ करायो
डर लाग्छ भन्छन् कि आधा नेपाल देशै हरायो !!!

 

नेताजीहरुका पाराले सोंच्न बाध्य गरायो
भन्न पो पर्ने हो कि हाम्रो राष्ट्रिय झण्डै हरायो
शक्ति सम्पन्न भयो भन्दै उत्तर र दक्षिण करायो
भन्नै पर्ने भएको छ अब, मेरो त देशै हरायो !!!

बिकासको त देशमा मेलै हरायो
भन्नचाँही नपरे हुन्थ्यो मेरो त देशै हरायो !!!

 

टोकियो, जापान

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया