Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – नेपाल आदीवासी जनजाति महासंघ साउदी अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिकादूत भगवान बुद्धको जन्मदिनको अवसरमा आदीवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फ़ेरेन्स २०१२ विभिन्न निर्णय गर्दै सम्पन्न भयो ।

कन्फिरेन्सले राज्य पूनरसंरचना समितिले प्रस्ताव गरेको १४ प्रदेश हुनुपर्ने माग गरेको छ । सघीयतालाई संस्थागत गर्न संचालित सघीयवादी शक्तिहरुको आन्दोलनलाई आवश्यक पर्ने कुनैपनि सहयोग गर्ने सहमति गरेका छन् । पहिचान सहितको राज्य पूनरसंरचना गराई छाड्ने प्रतिबद्धता पनि जनाएका छन् ।

जनजाति महासंघ वेलायतका अध्यक्ष थर्क रानामगर, जर्मनीका अध्यक्ष सेकराज सुनुवार, कतारका अध्यक्ष एमवी. साँवा लिम्बु, साउदी अरेवियाका अध्यक्ष हुम सुनारी मगर, अमेरिका फिपनाका महासचिव दिपेश लिम्बु, ब्रुनाईबाट संविधान विषयक पुस्तक ‘निष्पक्ष संविधानः समृद्ध राष्ट्र’ पुस्तकका लेखक विश्वासदीप तिगेला, साउदी अरेवियाबाट क्याप्टेन कमल गुरुङ र जर्मनीबाट नन्द जवेगु र विशाल थापामगर लगायतको सहभागिता थियो ।

प्रवासमा रहेका महासंघका अध्यक्षहरुको भेलाले संविधान निर्माण तथा राज्य पूर्नसंरचना कार्यदलको लागि सुनारीमगरलाई अध्यक्ष र तिगेलालाई संयोजक तोकेको छ । अध्यक्ष सुनारीमगरले चाडै विस्तृत अवधारणापत्र सार्वजनिक गर्ने साथै अन्य मुलुकहरुबाट पनि साझा सहभागिता गराउदै जाने र नियमित कन्फ़ेरेन्स गर्ने जनाउनुभएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया