टोकियो- गत मे ५ तारिखका दिन गोल्डेनवीकको समय पारेर जनसम्पर्क समिति निगाता शाखाद्धारा बनभोज कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रम निगाताकेनको ताईनाई भन्ने एक रमणीय फिसिङ स्थलमा गरिएको थियो।
बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै जनसम्पर्क समिति जापानका भूतपूर्ब अध्यक्ष तथा महाधिबेशन प्रतिनिधि महेशकुमार श्रेष्ठले सम्पूर्ण प्रजातन्त्रप्रेमीहरु बिच ऐक्यबद्धता कायम गर्दै सगठन बिस्तारमा जोड् दिन अनुरोध गर्नुभयो। त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै जनसम्पर्क समिति जापानका पूर्बअध्यक्ष तथा महाधिबेश प्रतिनिधि कृष्णप्रसाद सुबेदीले स्व. बिपि. कोइरालाका मान्यता, आद्धर्श तथा सिद्धान्तमाथि प्रकाश पार्दै वहाले परिकल्पना गर्नुभएको समाजको निर्माण गर्न सम्पूर्ण नेपाली कांग्रेसमा आबद्ध भातृ सगठनका साथीहरु सगठित हुन आग्रह गर्नुभयो।
अर्का बक्ता जनसम्पर्क समिति जापानका उपाध्यक्ष नारायणप्रसाद सुबेदीले जनसम्पर्क समितिको औचित्य र महत्वका साथ साथै जनसम्पर्क समितिले बिदेशमा निभाएको महत्वपूर्ण भूमिका बारे प्रकाश पार्नुभयो त्यस्तै अर्का बक्ता एनआरएन जापानका उपाध्यक्ष बिष्णु रेग्मीले प्रजातन्त्र बिना देश बिकास हुन सक्दैन र देश बिकास नभई नेपाली सम्बृद्ध हुन नसक्ने भन्नु हुदै देश बिकासमा सानो भए पनि सहयोग गर्न अनुरोध गर्नुभयो।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई जनसम्पर्क समिति निगाता शाखाका अध्यक्ष जीबन थापाले धन्यबाद ब्यक्त गर्दै बनभोज कार्यक्रमको औचित्य र महत्व बारे प्रकाश पर्नुभयो | उक्त कार्यक्रम भब्यरुपमा सम्पन्न भएको निगाता शाखाका सचिब निरज कोइरालाले जानकारी दिनुभयो।
कार्यक्रमको समापिपछि स्थानिय जमघट स्थलमा नाचगान कार्यक्रम पनि आयोजना गरिएको थियो। सुरेश सिलवालको मनमोक नाचमा उपस्थित सम्पूर्णले साथ दिएका थिए । ***