Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – म्याग्दी जिल्लाको ज्यामरुककोट गाबिस-१ बगर घर भई सन् २०१० को अक्टोबरतिर जापान आएका देवबहादुर घर्ति लामो समयदेखि सम्पर्कबिहिन रहेकोले उनको जीवन-मरणको समेत ठेगान नभएकोले भेट्नुहुने वा थाहा पाउने महानुभावले सूचना गर्न उनको परिवारले अनुरोध गरेको छ ।

पारिवारिक श्रोतकाअनुसार कुक भिसामा जापान आएका घर्तिले जापान आएदेखि जम्मा १ पटक घरमा फोन गरेका थिए भने ९० हजार रुपैंया पैसा पनि पठाएका थिए । त्यसपछि उनी सम्पर्कबिहिन अवस्थामा छन् । उनी जापानको कुन शहरमा के काम गर्दैथिए त्यसबारे पनि परिवार अनभिज्ञ छ ।

अनुमानित ३३, ३४ बर्षका घर्ति गत बर्षको महाभूकम्प र सुनामीभन्दा अगाडि १ पटक मात्र सम्पर्कमा आएका थिए । श्रीमती, छोराछोरी लगायत उनको परिवार अहिले नेपालमा झण्डै विचल्ली अवस्थामा रहेको बताईएको छ । ‘भेट्नुहुने वा उहाँको बारेमा थाहा पाउनुहुने महानुभावहरुले  खबर गर्नुहुन अनुनय-विनयपूर्वक हार्दिक अनुरोध गर्दछु’ – श्रीमती घर्तिले भनिन् । उनको बारेमा थाहा पाउनु हुनेले जापानमै जानकारी गराउन ०३-६३८५-१३४३ मा सम्पर्क गर्न सकिने पनि परिवारले जनाएको छ ।

अज्ञानताका कारण परिवारले अहिलेसम्म कहिंकतै सोधीखोजीको पहल नगरेको बुझिएको छ । घर्तिको बारेमा सोधीखोजी गर्ने कार्यमा सहयोग गर्न उनलाई कुक भिसामा जापान ल्याउने रेष्टुरेन्ट मालिकको समेत परिवारले ध्यानाकर्षण गराएको छ । उनको बारेमा कुनै अत्तोपत्तो नलागेमा छिट्टै कानुनी उपचारमा उत्रने पारिवारिक तैयारी भईरहेको थाहा भएको छ । घर्तिलाई जापान ल्याउने मालिकको बारेमा भने परिवारले अहिले नै केहि खुलाउन चाहेन । आवश्यक परेमा उचित समयमा खुलाउने परिवार श्रोतले जनाएको छ । **

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया