Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – नेपाल मगर संघ जापानको आयोजनामा बिहिबार साँझ टोकियोमा नेपालका चर्चित कलाकारहरुको साँगीतिक एवं हास्य प्रस्तुती रहेको गोल्डेन नाईट कार्यक्रम सम्पन्न भयो ।

कलाकार भेटघाट तथा सम्मान कार्यक्रमसहितको गोल्डेन नाईटमा लोकगायक खड्ग गर्बुजा, गायिका मुना थापा र हास्यकलाकार जितु नेपालको आ-आफ्ना साँगीतिक तथा हास्य प्रस्तुती रहेका थिए ।

दोहोरी गायिका मुना थापा मगरसंग स्थानिय कलाकारहरु महेन्द्र वानिया, तोरन थापा, बिष्णु मगरलगायतले दोहोरी भिडेका थिए भने गायक गर्बुजाले आफ्ना सालैजो, कौडा तथा रोयला भाकामा लोकगीतहरु गाएर भरपुर मनोरञ्जन दिलाएका थिए । यसैगरी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले आफ्ना हास्य प्रस्तुतीहरुमार्फत दर्शकहरुलाई हसाउनु हसाएका थिए ।

यसअघि कलाकारत्रयलाई आयोजक सँस्थाका अध्यक्ष शैलेन्द्रविक्रम थापा मगर, पूर्व अध्यक्ष एवं सल्लाहकार गमप्रसाद जुग्जाली मगर र उपाध्यक्ष तारा आले मगरले फूलको गुच्छा र खादार्पण गरेर स्वागत गरेका थिए भने उपाध्यक्ष गोविन्द डम्बरपालमगरले स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्का, उपाध्यक्ष महेन्द्र वानिया लगायतका महानुभावहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम इकेबुकुरोस्थित लिटिल बुद्ध रेष्टुरेन्टमा भएको थियो । कलाकारत्रयलाई रेष्टुरेन्टका तर्फबाट सँस्थाका संरक्षक नविन थापा मगर र श्रीमती थापा मगरले पनि स्वागत तथा सम्मान गरेका थिए ।

यसअघि पनि कलाकारहरुसंग यस्तै भेटघाट तथा रमाईलो साँगीतिक कार्यक्रम बुधबार साँझ ओकुबोस्थित मिलन रेष्टुरेन्टमा र अघिल्लो मंगलबार साँझ हात्सुदाईस्थित रोजिना रेष्टुरेन्टमा उल्लेख्य नेपालीहरुको जमघटकाबीच सम्पन्न भएको थियो ।

यसैगरी आजै साँझ गोतान्दास्थित माया रेष्टुरेन्टमा कलाकारहरुको रमाईलो रमझम साँझ हुन गईरहेको छ भने भोली टोयोटासिटीमा आदिबासी जनजाती महासंघको आयोजनामा तिनै कलाकारहरुको बिशेष साँगीतिक प्रस्तुतीसहितको २५५६ औं बुद्धजयन्ती समारोह हुन गईरहेको छ । यसैगरी पर्सी आइतवार हामामात्सुचोस्थित मन्दिर रेष्टुरेन्टमा धमाकेदार दोहोरी साँझ हुने भएको छ ।

स्मरण रहोस्, कलाकारहरु गत अप्रिल ३० तारिख टोकियोमा सम्पन्न म्याग्देली सञ्जालको स्वर्णिम साँगीतिक साँझका लागि जापान आएका हुन् ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया