टोकियो – जापानको लामो बिदा मध्यको एक गोल्डेन वीक अवधिभरको यात्रुचापलाई ध्यानमा राख्दै जेआर (जापान रेलवे) तोकाईले अप्रिल २८ देखि मे ६ तारिख सम्मका लागि हाल चालु रहेको भन्दा ८ वटा बढी सिन्कान्सेन (बुलेट ट्रेन) सेवा थप्ने भएको छ । तोकाइदो सिन्कान्सेन “नोजोमी” अर्न्तर्गत टोकियो-सिन ओसाका खण्डको लागि थपिने उक्त अतिरिक्त सेवाबाट १० हजार ६ सय सीटहरु थपिने जे आरले जनाएको हो ।
यसरी थप गरिएको सीटहरुको लागि यहि अप्रिल १७ तारिखदेखि बुकिङ् खुल्ला गरिएको हो ।
थप गरिएको मध्ये सिन ओसाका तर्फ मे २ र ३ तारिखमा गरी ४ वटा र टोकियो तर्फ मे ३,५ र ६ तारिख गरी ४ वटा रहेको जानकारी प्राप्त भएको छ । अप्रिल १६ तारिख सम्मको स्थिति हेर्दा गोल्डेन वीकको उत्तरार्धको लागि बुकिङ केन्द्रित रहेको बुझिएको छ । उक्त दिनसम्ममा टोकियो बाहिर जानको लागि मे ३ तारिख बिहान र टोकियो फ़र्कनको लागि मे ५ र ६ तारिखको बुकिङहरु समाप्त भईसकेकोले थपिएको रेल संख्याबाट थप सेवा दिईने पनि जेआर श्रोतले बताएको छ । यसरी ८ वटा सेवाहरु थपिदा गोल्डेन वीकको अवधिमा तोकाईदो सिन्कानसेनको ३ हजार ४८३ वटा सेवाहरु उपलब्ध हुने बताईएको छ । ***