Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
बेलायत- बेलायतको रेडिङ क्षेत्रमा बस्ने नेपालीहरुले नयां बर्ष २०६९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटि एशोसियसनको आयोजनामा रेडिङवासी नेपालीहरुले नयां बर्ष गित, संगित तथा नाचमा झुम्दै मनाए ।
कार्यक्रममा अध्यक्ष महेश गुरुङले स्वदेशबाट आफ्नो अधिकार रक्षाको लागि बेलायत आएका गोर्खा भेटेरानहरुप्रति आभार प्रकट गर्दै उनीहरुको दुखमा संस्थाले सधैं साथ दिने बताए । उनीहरुप्रति ईंगित गर्दै अध्यक्ष गुरुङले गोर्खाली परिवारको सहयोग गर्नु संस्थाको कर्तव्य र दायीत्व भएको स्मरण गरे । नेपालीहरुलाई असजिलो पर्दा समाज अगाडी हुने उनको भनाइ थियो । साथै अध्यक्ष गुरुङले आगामी साधारणसभामा संस्थाको सदस्यता लिन पनि सम्पुर्ण रेडिङवासी नेपालीहरुलाई आग्रह गरेका थिए ।
रेडिङ काउन्सीलकी मेयर डेबोरा एडवार्डस्ले काउन्सील नेपाली समाजको सहयोगका लागि सधै तत्पर रहेको बताइन । उनले नेपाली नयां बर्षको अवसरमा सहभागि हुन पाउंदा खुशी लागेको बताउंदै समाजसंगै हातेमालो गर्दै जाने प्रष्ट पारीन । आउंदा दिनमा समाजलाई के कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे छिट्टै छलफल गर्न काउन्सीलले बैठक डाक्ने समेत उनले बताइन ।
महासचिव नारद भण्डारीबाट सञ्चालित कार्यक्रममा संयोजक किर्तिविलास पन्तले नेपाली नयां बर्षको उपलक्ष्यमा सहभागि सबैलाई शुभकामना सहित धन्यबाद दिएका थिए ।
सो अवसरमा प्रोजेक्ट कोअर्डिनेटर डा.नविन आचार्यले समाजलाई रेडिङ काउन्सीलबाट प्राप्त सहयोग गोर्खा परिवारको लागि उपयोगी भएको बताए । प्राप्त रकम सामाजिक कार्यमा खर्च भएको बताउंदै उनले आगामी दिनमा काउन्सीलको सहयोग अझै बढ्ने विश्वास लिए ।
नेपाली नयां बर्ष मनाउन मेयर डेबोरा एडवार्डस्, काउन्सीलर रब हृवाइट, रचेल मोर्गान, र्फगटन गोर्खाका पिटर बियर्ड, पिटर बर्केन्सेल, एन आर एन युकेका आइसीसी सदस्य विश्व आदर्श पण्डित, सदस्य रमेश शर्मा वास्तोला, समाजसेवी डा चन्द्र बहादुर, चन्द्र बहादुर पुन, सम्साराका राजाराम गिरी, लगायत रेडिङस्थित विभिन्न नेपाली संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सहभागि अतिथिहरुलाई अध्यक्ष महेश गुरुङले खादा लगाई सम्मान गरेका थिए ।
कार्यक्रममा रेडिङ युनिभर्सिटीबाट डक्टरेट डिग्री प्राप्त गरेका हरी तिम्सीनालाई समाजको तर्फबाट अध्यक्ष महेश गुरुङले विशेष सम्मान गरे ।
कार्यक्रमको दोश्रो भागमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरीएको थियो । सांस्कृतिक कार्यक्रममा चर्चित स्थानीय कलाकारसंगै नेपालबाट आएका गायक हिमाल सागरले पनि गित गाए । कलाकारहरु निमु सिंह, राजु गुरुङ, सुर्य पुर्जा, रश्मी पोखरेल, बद्री केसी, भिम निरौला, शुभ्रा थापा, सरीता गुरुङ लगायतले विभिन्न गित तथा नृत्य प्रश्तुत गरेका थिए । कोषाध्यक्ष भिमसेन खड्काद्धारा सञ्चालित सांस्कृतिक कार्यक्रमको अन्त्यमा राती अबेर सम्म डिजे चलेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया