Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- ल्होत्से बहुउद्देश्यीय कम्पनीले काठमाडौं महानगरपालिकालाई गोंगबु बसपार्कको लिज रकमबापत तिर्नुपर्ने करिब तीन करोड रुपियाँ तिरेको छैन । उक्त कम्पनीमा गैरआवासीय नेपाली उपेन्द्र महतो र एमाले नेता रघुवीर महासेठको संलग्नता रहेको महानगरपालिका स्रोतको भनाइ छ ।
महानगरपालिका राजस्व शाखाका अनुसार कम्पनीले पाँच वर्षको लिज रकम बुझाउन अटेर गरिरहेको छ ।
गोंगबु बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न महानगरपालिकाले २९ चैत ०५६ मा ४५ वर्षका लागि ल्होत्सेलाई लिजमा दिएको थियो । त्यतिबेला केशव स्थापित महानगरपालिकाका प्रमुख थिए । वार्षिक ५२ लाख रुपियाँ बुझाउने सर्तमा भएको सो सम्झौतामुताविक महानगरपालिकाले आºनो दायित्व निर्वाह नगरिदिएको आरोप लगाएर ल्होत्सेले रकम भुक्तानी गरेको छैन । सुरुदेखि नै महानगरपालिकाले अत्यन्त न्यून मूल्यमा लिजमा दिएको आरोप खेप्दै आएको छ ।
रकम उठाउन धेरै चरण कुराकानी भए पनि कुनै प्रगति भएको छैन । आफूहरू कसरी बक्यौता उठाउने भन्ने चिन्तामा रहेको महानगरपालिकाका अधिकारीले बताएका छन् । अधिकारीका अनुसार सम्झौता स्पष्ट नभएकाले यस्तो समस्या आएको हो । ल्होत्से किस्ताका रूपमा रकम तिर्न तयार रहे पनि महानगरपालिकाले एकमुष्ट बुझाउन भनिरहेको छ । महानगरपालिकाको राजस्व शाखाका अधिकृत नमराज ढकालले कम्पनीबाट बक्यौता अशुलीका लागि प्रयत्न भइरहेको बताए । उनका अनुसार यसबारे निकै पटक छलफलसमेत भएको छ ।
एक सय ५१ रोपनी जग्गा विनाकुनै गृहकार्य ल्होत्सेलाई लिजमा दिइएको थियो । बस सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ल्होत्सेलाई लिजमा दिइएको भए पनि त्यसअनुसार काम नगरी सो कम्पनीले व्यावसायिक काम मात्र गरेको महानगरपालिकाको भनाइ छ ।
महानगरपालिकाका लेखा अधिकृत बद्रीबहादुर खड्काका अनुसार कम्पनीसँग करिब तीन करोड रुपियाँ अशुली गर्न बाँकी छ । कम्पनीले सो जग्गा लिजमा लिने बेला उपेन्द्र महतो संलग्न रहे पनि अहिले एमाले नेता महासेठ संलग्न रहेको महानगरपालिका स्रोत बताउँछ । ल्होत्से कम्पनीका महाप्रबन्धक कुमार थापाले आफूहरूले रकम बुझाउन खोज्दा महानगरपालिकाले नलिएको प्रतिक्रिया दिएका छन् । रकम बुझाउँदा पनि महानगरपालिकाले किन नलिएको भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया