Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

ओसाका – नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा जापानको अर्को प्रमुख शहर ओसाकामा नेपालीहरुले शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन् । कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश) को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन आईसीसी सदस्य गोबिन्द श्रेष्ठ हुनुहुन्थ्यो । यस्तै एनआरएन जापानका उपाध्यक्ष डिलाराम खरेल, एनआरएन जापान सदस्य तुल्सीराम खरेल, नेपाल र नेपालीको सहयोगमा लामो समय देखि समर्पित समाजसेबी Utsumi Syouji (kaka), Sugeru Nakagawa,ओसाका रेस्लर Noboru Kurokawa (osaka wrestling), नेपालका बेसबल खेलाडी अहिले जापानको क्लबबाट खेल्दै आउनुभएका ईश्वर थापा, कान्साईका पूर्व संयोजक हरिराज ढकाल लगायतका अतिथिलाई आसन ग्रहण सहित फुल अनि खादा ओढाएर सम्मान गरिएको थियो ।

एनआरएन कान्साई संयोजक नारायण केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । जनवरी १६ तारिख जापानी समूहद्वारा हत्या गरिएका नेपाली ब्यबसायी बिष्णु धमलाको स्मृतिमा ३० सेकेन्ड मौनधारण गरिएको थियो । कार्यक्रमको शुरुवातसँगै कन्पाईको शुभकामना मेलमिलाप ओसाकाको संयोजक रामचन्द्र काफ्लेले गर्नुभएको थियो ।बेनेतेन्चोको होटेल ओसाका बे टावरको भब्य हलमा भएको उक्त कार्यक्रममा इस्तारिया स्वादिस्ट भोजन जलपानको साथमा बिबिध सांस्कृतिक कार्यक्रम लोक दोहोरी, गोला प्रथा आदिको आयोजना गरिएको थियो । खानपिन कार्यक्रम संगसंगै प्रोजेक्टरबाट नेपालको बारेमा र एनआरएनले गरेका सामाजिक क्रियाकलपको बारेमा भिडिओ देखाइएको थियो । नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा केहि ब्यबसायीहरुले उत्साहका साथ आफ्नो ब्यबसाय बन्द गरि आउनुभएको थियो ।

करिव ३ सय ५० जना नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रम प्रायोजन इन्टरनेशनल मनी एक्सप्रेस (IME) ले गरेको थियो भने यहाँस्थित सुरज नेपाली रेस्टुरेन्ट एण्ड परिवारले सह-प्रायोजन गरेको थियो । कार्यक्रम संचालन एनआरएन कानसाईका सचिब रमेशबाबु घिमिरेले गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया