टोकियो- नेपाल सरकारका पर्यटन तथा नागरिक उडडयन मन्त्री लोकेन्द्र बिष्ट मगर एक कार्यक्रमका लागि आज टोकियो आईपुगेका छन् । मन्त्री बिष्टलाई जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, उपनियोग प्रमुख तापस अधिकारी, दूतावासका अनिल लम्साल, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, नेपाल आदीवासी जनजाति महासंघका उपाध्यक्ष हवलचन्द्र लामा, मोर्चा महासचिव डा. भूपालमान श्रेष्ठ, मोर्चाका सल्लाहकार दिलु खत्री, मोर्चा सदस्य मोहन पौडेललगायतले नारिता अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
एनेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो एवं केन्द्रिय सदस्यसमेत रहेका मन्त्री बिष्टले भोलि नागानोकेनमा आयोजित एक कार्यक्रममा भाग लिने कार्यक्रम छ । नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ को प्रबर्द्धन गर्न र एक नेपालीले शुरु गरेको पर्यटन ब्यवसायको समुदघाटनका लागि मन्त्री बिष्ट जापान आएका हुन् ।
जापानमा नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी अन्य विविध कार्यक्रमहरुका साथै मन्त्री बिष्टले नेपाली ब्यवसायी भवन भट्टले नागानोकेनमा शुरु गरेको रिसोर्ट होटेल तातेसिनाको भोलि १३ तारिख अर्थात नेपाली नयां बर्ष २०६९ को पहिलो दिन बैशाख १ गते शुक्रबार उदघाटनका गर्ने कार्यक्रम रहेको छ भने भोलि नै साँझ एनआरएन जापानले मन्त्री बिष्टको स्वागतमा नागानोकेनमै एक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
पर्सी शनिबार भने मन्त्री बिष्ट टोकियोका नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थाहा भएको छ । ***