टोकियो – युबा तथा खेलकुद सम्बन्धी एशियाली सम्मेलनमा भाग लिन नेपाल ट्राइएथलोन एशोसिएशनको अध्यक्षको हैसियतले जापान आइपुगेका एनेकपा माओबादीका केन्द्रिय सदस्य तथा वाइ सी एल नेपालका अध्यक्ष गणेशमान पुनसंग नेपाली जनप्रगतिशील मोर्चा जापान संग आवद्ध तथा मोर्चाका शुभचिन्तक जापानबासी नेपालीहरूले गत आइतबार टोकियोमा एक भेटघाट तथा अन्तरक्रिया गरे । सो भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्री पुनले आफ्नो जापान भ्रमणको उदेश्य जानकारी गराउदै नेपालमा खेलकुद मार्फत पनि पर्यटक भित्र्याउन सकिने धारणा ब्यक्त गरेका थिए । खेलकुद भनेको हाम्रो दैनिक जीवन तथा स्वास्थ्य संग पनि सरोकार राख्ने बिषय भएकोले यसको बिकासमा सरकारी स्तरबाट चासो दिनु पर्ने आवश्यक रहेको उनले बताए ।
नेपालको राजनैतिक बिषयमा बोल्दै अध्यक्ष पुनले जेठ १४ भित्रमा प्रमुख दलहरू बीच एक किसीमको सहमती भई शान्ति र संबिधान टुंगोमा पुग्ने बीचार ब्यक्त गरे । बाँकी समयमा सरकार परिवर्तन तीर नभै कसरी हुन्छ शान्ति र संबिधानलाई टुंगो लगाउने तीर लाग्नु नै राजनैतिक दलहरू तथा सम्पूर्ण नेपालीको लागि लाभदायक हुने पनि श्री पुनले सो अवसरमा बताए । भेटघाट कार्यक्रममा उपस्थितहरुबाट पार्टीको आन्तरिक कलहको बारेमा राखिएको चिन्ता तथा जिज्ञासाको उत्तर दिदै श्री पुनले यो एउटा जिबित पार्टिमा देखिने बैचारिक बहस भएको र पार्टी फुटने कुरा केवल हल्ला मात्र भएको बताए ।
नेपाली जनप्रगतिशील मोर्चा जापानका अध्यक्ष बेलु थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनेकपा (माओवादी) तमुवान राज्य समिति सचिवालय सदस्य तथा वाइ सी एल केन्द्रीय सचिवालय सदस्य दिपक कोइरालाको पनि उपस्थिती रहेको थियो ।
यसैबीच श्री पुनको स्वागत तथा सम्मानमा नेपाल मगर समाज जापानले पनि सोमबार बेलुकी एक कार्यक्रम सम्पन्न गरेको छ ।
श्री पुनले टोकियोमा रहेका बिभिन्न खेलकुद स्थलहरूको भ्रमण गर्नुका साथै त्यस सम्बन्धी ब्यक्तित्वहरूसंग पनि भेटघाट गरी आज मंगलबार बिहान नेपाल फर्केका छन ।
तपाईको प्रतिक्रिया