Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

ओसाका – गैरआवासीय नेपाली संघ जापानको कान्साई क्षेत्रीय समितिले नेपाली नयाँ बर्ष बिक्रम सम्बत २०६९ को अबसरमा ओसाकामा गर्न लागेको नया वर्ष बिशेष कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

ओसाकाको बेन्तेन्चोमा अबस्थित होटेल ओसाका बे टावर मा गरिने उक्त भब्य कार्यक्रम नेपाली नयाँ वर्ष बैसाख १ गते अप्रिल १३ तारिखका दिन बेलुकी ५:३० बाट सुरु हुनेछ । अग्रेजी नयाँ वर्ष धुमधामसँग मनाइने अनि प्राय ब्यापार, ब्यबसाय बन्द हुने गर्दै आएको तर नेपाली नयाँ बर्षलाई खासै महत्व नदिइएको अबस्थामा बिदेशमा नेपाली नयाँ बर्ष बिरानो हुन लागेको ठहर गर्दै यसपालीको नेपाली नयाँ बर्षको कार्यक्रम बैसाख १ गते नै पारेर गर्न लागेको कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश )ले जानकारी गराए । ब्यबसायीहरुको लागि ब्यस्त दिन शुक्रबार कार्यक्रम हुन लागेको भएपनि नेपाली १ गते नै पारेर कार्यक्रम गर्न लागेको हुनाले नेपालको रातो बिदाको रुपमा नै यहाँ पनि आफ्नो ब्यबसाय बिदा गरेर कार्यक्रममा सहभागी हुने जानकारी प्राप्त भएको उनले बताए ।

हामीले एक दिन आफ्नो नयाँ वर्षमा बिदा गरेर रमाइलो पनि गर्न पाईने अनि यसले थोरै भएपनि जापानी समुदायमा नेपाली नयाँ वर्षको जानकारी हुनुको साथै पर्यटन प्रबर्दनमा पनि सहयोग पुग्छ भने किन तेसो नगर्ने त भनेर आत्माबिश्वासका साथमा बिदा गरि रमाइलो गर्ने जमर्को गरेको कुरा एनआरएन कान्साईले जानकारी गराएको छ । त्यसैगरी परिवारजनबाट टाढा भै दुःख सुख गरि परदेशमा बसेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफ्नो ब्यस्त जीवनबाट एक दिन भए पनि नेपाली झलक दिलाउने प्रयास अनि नेपाली सँस्कृतिलाई जोगाई राख्न र जापानी समुदायलाई नेपाली मौलिक संस्कृतिका बिषयमा जानकारी समेत दिन उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।

खानपिन जलपानको साथमा स्थानीय नेपाली र जापानी कलाकारहरुको सुन्दर नृत्य, दोहोरि धमाका कार्यक्रमको आकर्षण रहनेछन् । लगभग ४०० को संख्यामा नेपालीहरुको सहभागिता हुने आशा गरिएको उक्त कार्यक्रमलाई IME JAPAN ले प्रयोजन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया