टोकियो – नेपाली बिद्यार्थी समाज जापान (नेसाज)को नवनिर्वाचित १४ औं कार्यसमितिले रिक्त रहेका पदहरुमा पदपूर्ति गरि आफ्नो समितिलाई पूर्णता दिएको छ । नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार भेटुवालले दिनु भएको जानकारी अनुसार रिक्त रहेको पदहरुमा क्रमश : उपाध्यक्ष्य (होन्सु) मा नागोयाबाट सन्देश पोखरेल, महासचिवमा टोकियोबाट राजन भट्टराई रहनु भएको छ भने सदस्यहरुमा ऋषिराम पराजुली – क्योटो, प्रेरणा रञ्जित, कृष्ण कुमार केसी, रामजंग कार्की टोकियोबाट तथा मन्दिरा थापा र प्रमोद पौडेल क्युसु बाटमनोनित हुनुभएको छ | यस अघि डा. वेद प्रसाद काफ्लेको संयोजकत्वमा गठित निर्वाचन कमिटीले अध्यक्ष सहित अन्य ३ क्षेत्र होक्कईदो, क्युसु र शिकोकुबाट उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र एकजना सदस्य सहितका पदहरु निर्बिरोध निर्वाचित गरेको थियो ।
यहि अप्रिल १ तारिखबाट आफ्नो कार्यभार सम्हालेका नवनिर्वाचित अध्यक्ष भेटुवाल आफ्नो प्रतिवद्दता अनुसार सबै संघ सस्थाहरु संघ हातेमालो गरि सहकार्य गर्दै अघि बढ्ने बताउनु हुन्छ । यसका साथै नेसाजले गर्दै आइरहेका कार्यक्रमहरुलाई निरन्तरता दिदै सबै क्षेत्रहरुमा समानरुपले सदस्यता विस्तार गरि जापानमा अध्यनरत बिधार्थीहरुको लागि विभिन्न कार्यक्रमहरु गरिने र युनिस्को, रोटरी क्लव जस्ता स्वयंसेवी सस्थाहरुसँग सहकार्य गरि नेसाज गतिबिधिलाइ अघि बढाउने जानकारी दिनुभएको छ ।
नेसाजले नेसाज डे, नेसाज बौद्दिक कार्यशाला गोष्ठीलाइ आफ्नो वार्षिक कार्यक्रमका रुपमा मनाउदै आइरहेकोमा यस वर्षदेखि शुरु भएको जापानी भाषा वक्तृत्वकला प्रतियोगितालाई पनि आफ्नो वार्षिक कार्यक्रमको रुपमा निरन्तरता दिने बताएको छ । यसै गरि आफ्नो कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष बिमल अधिकारीले आफ्नो कार्यकाल सम्पन्न गर्ने क्रममा निर्वाचन कमिटीमा रहेर सहयोग गर्नु हुने निर्वाचन कमिटिका साथीहरु, विभिन्न संघसंस्था तथा विभिन्न समय र कार्यक्रमहरुमा सहयोग गर्नु हुने सहयोगी महानुभावहरुका साथै बिद्यार्थी, व्यवसायी, मिडियाकर्मीका साथै सबै महानुभावहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ ।
नेसाजको पूर्ण कार्यसमिति यस प्रकार रहेको छः अध्यक्ष्य – ई. कृष्ण कुमार भेटुवाल, उपाध्यक्ष्यहरु – सन्देश पोखरेल, भगवती कुँवर, अजय सिंह, नारायण मरासिनी, महासचिव – राजन भट्टराई, सहसचिव – शर्मिला नेपाल, कोषाध्यक्ष – स्वेता सिंजापति, सदस्यहरु – श्याम कुमार थापा, ऋषिराम पराजुली, प्रेरणा रञ्जित, कृष्ण कुमार केसी, रामजंग कार्की, मन्दिरा थापा, प्रमोद पौडेल ।