टोकियो- लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवाल रेकर्डिङका लागि जापान आएको टोलीले यहि अप्रिल ११ तारिख हुन गईरहेको उक्त कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुमा हार्दिक आमन्त्रण गरेको छ ।
कार्यक्रम अप्रिल ११ अर्थात चैत २९ गते बुधबारका दिन टोकियोको ताकादानोबाबा स्टेशन नजिकको तोचुका चिईकी सेन्टरमा रेकर्डिङ हुने भएको छ । जापानमा रहेका नेपालीहरुको विषयमा रेकर्डिङ गरिने भएकोले कार्यक्रममा उपस्थित हुन साझा सवाल टिमले जापानबासी नेपालीहरुलाई अनुरोध गरेको हो ।
ताकादानोबाबा स्टेशनको वासेदा गेटबाट मात्र १ मिनेटको दुरीमा रहेको तोचुका चिईकी सेन्टरको सातौं तल्लामा अपरान्ह १.३० बजेबाट साझा सवाल कार्यक्रम हुन गईरहेको प्रस्तोता नारायण श्रेष्ठले बताएका छन् ।
‘जापान नेपालीहरुको आकर्षक गन्तव्य भएको र नेपालीहरु १२/१५ लाख रुपैयाँसम्म तिरेर पनि जापान आउने गरिरहेको सन्दर्भमा जापानमा रहेका नेपालीहरुको अवस्था कस्तो छ भन्ने विषयमा छलफल गर्न साझा सवाल टिम जापान आएको हो’ प्रस्तोता श्रेष्ठले भने ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई सरिक हुने श्रेष्ठले बताएका छन् । जापानमा रहेका विभिन्न संघसंस्थाहरुलाई पत्र पठाएरै निमन्त्रणा गर्न नसके पनि यसैलाई निमन्त्रणा मानेर संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, बिद्यार्थी तथा कुकलगायतका बिभिन्न पेशामा संलग्न नेपालीहरुलाई कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछौं’-प्रस्तोता श्रेष्ठले बताए । ***
कार्यक्रम सम्बन्धी जानकारी
मिति: ११ अप्रिल २०१२ बुधबार
समय: दिउसो १:३० बजे
स्थान: तोचुका चिइकी सेन्टर, सातौ तल्ला (सिन्जुकु कु ताकादानोबाबा २-१८-१), फ़ोन: ०३-३२०९-८००१
रेल सेवा: जेआर यामानोते लाईन/ तोजाई लाईनको ताकादानोबाबा स्टेशनबाट १ मिनेट मात्र (Waseda Exit)