Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – जापानमा मंगलबार आएको शक्तिशाली आँधीका कारण एकजनाको मृत्यु भएको छ भने सवारी साधनहरु अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

प्रहरीका अनुसार टोयामा क्षेत्रमा ८१ वर्षीय एक बृद्धको मृत्यु भएको छ । एनएचके टेलिभिजनले जनाएअनुसार देशभर लगभग ९७ जना घाइते भएका छन् । आँधीका कारण ५ सय ५० भन्दा बढी हवाई उडान अवरुद्ध भयो भने रेल सेवाहरु बन्द भएका थिए । जापान एयरलाइन्सको आन्तरिक र बाह्य गरी जम्मा २ सय ३७ उडान अवरुद्ध भएको थियो जसबाट ३१ हजार ६०० यात्रु मारमा परेका थिए । त्यसैगरी निप्पोन एयरवेजको ३ सय २० आन्तरिक उडान प्रभावित भएको थियो ।

छोटो दुरीका केही रेलहरु सूचारु भएपनि लामो दूरीका  रेलहरु भने अवरुद्ध भएको थियो जसबाट हजारौं यात्रुहरु अलपत्र परेका थिए । आँधीको प्रभाव बिस्तारै कम भएसँगै रेलहरु पुनः सञ्चालन भएका छन् ।

टोयोमा सिटीको एउटा पुलमा आँधीका कारण ढलेका दुईवटा ट्रक

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि आज बिहानैदेखि जापान मौसम विज्ञान एजेंसीले मंगलबार मध्यान्न कान्तो क्षेत्रको टोकियो लगायतका स्थानमा शक्तिशाली हावाहुरी आउने र रेल, बस लगायतका यातायात सेवा बन्द हुन सक्ने भन्दै कामदारलाई छिट्टै घर फर्कन आग्रह गरेको थियो । आँधीको पूर्वानुमानसँगै धेरैजसो कम्पनी तथा कार्यालयहरु दिउँसो बन्द गरिएको थियो भने कामदारहरु घर फर्किएका थिए । क्यानन कम्पनीले टोकियो र आसपासका क्षेत्रका १४ हजार कामदारलाई आँधी आउनु अघि नै घर पठाएको बताएको छ भने फुजित्सुले आफ्ना २५ हजार कर्मचारीलाई आँधी अगावै घर जान अनुमति दिएको जनाएको छ ।

जापानको मौसम एजेन्सीका अनुसार पश्चिमी क्षेत्रमा प्रतिघण्टा १५० किलोमिटरको गतिमा हावाहुरी चलेका थियो भने तटिय क्षेत्रमा आँधीको असर अझै बढि हुन सक्ने बताएको छ । ***

तपाईको प्रतिक्रिया