Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो- सामुहिक लगानीको अभियानलाई थप पेचिलो बनाउँदै जापानमा रहेका नेपालीहरुलाई लगानीका लागि प्रोत्साहित गर्न टोकियो आईपुगेका एनआरएन अध्यक्ष जीवा लामिछानेको स्वागतमा जापानस्थित नेपाली दूतावासले मंगलवार साँझ एक डिनरसहितको भेटघाट कार्यक्रमको आयोजना गरयो ।

जापानमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, मिडियाकर्मी, बुद्धिजीवीलगायत जापानका एनआरएनहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको सो डिनर रिसेप्शनमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले अध्यक्ष लामिछानेलगायत उपस्थित महानुभावहरुको स्वागत गर्दै सामुहिक लगानीको अभियानमा दूतावासको तर्फबाट संभवभएसम्मका सहयोगी भूमिका रहने वचनवद्धता ब्यक्त गरे ।

अध्यक्ष लामिछानेले बिदेशमा बस्ने नेपालीहरुमा साँच्चिकै देशप्रति अगाढ माया छ भने त्यो प्रकट गर्ने बेला आएको धारणा ब्यक्त गर्दै अगाडि भने- “जलबिद्युतमा लगानी गरेर हामी मुलुकको अध्याँरो कम गर्न चाहान्छौ । जलबिद्युत नै अहिलेको सर्बोत्तम र सुरक्षित लगानीको क्षेत्र भएकोले निश्चिन्त भएर लगानी गर्न म हार्दिक आह्वान गर्दछु । गैरआवासीय नेपालीहरुको कमाईलाई एकत्रित गर्दै मुलुकको आर्थिक समृद्धिमा टेवा पुरयाउन बिभिन्न परियोजनामा लगानी गर्ने हाम्रो अभियान हो । जसमध्य सरकारको पनि पहिलो प्राथमिकतामा परेको र सुरक्षित मानिएको जलबिद्युतको क्षेत्रमा अहिले हाम्रो ध्यान केन्द्रित छ । यद्यपि हाम्रा अन्य अभियानहरु पनि संगसंगै अगाडि बढिरहेको अवस्था छ । एनआरएनएले अब साँच्चिकै काम गरेर देखाउने छ । अभियानप्रति बिभिन्न मुलुकमा रहेका नेपालीहरु अत्यन्तै उत्साहित छन्”- अध्यक्ष लामिछानेले भने ।

आजै अपरान्ह टोकियोको सिन-ओकुबोमा अध्यक्ष लामिछानेसंग सामुहिक लगानीका बिषयमा महत्वपूर्ण छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ । सामुहिक लगानीको अवधारणाबाट जापानमा रहेका नेपाली समुदायमा पनि एक प्रकारको तरंग पैदा भएको छ । अध्यक्ष लामिछानेको जापान आगमनसंगै जापानका बिभिन्न सहरमा रहेका अभियानमा चासो राख्ने नेपालीहरु टोकियो आउने क्रम हिजैदेखि शुरु भएको छ । महत्वपूर्ण मानिएको आजको बिशेष भेलाबाट जापानका नेपालीहरु सामुहिक लगानीप्रति कति प्रतिबद्ध छन भन्ने वास्तविकताको मापन गर्न सकिने यहाँका जाने-मानेकाहरु बताउँछन ।

जापानमा लगानी गर्न सक्ने हैसियत राख्ने नेपालीहरुको संख्या अधिक रहेको मानिन्छ । यसलाई उपयुक्त वातावरणको निर्माण गरी संयोजनकारी भूमिकाको निर्माण गर्ने कार्यले थप तिब्रता पाईरहेको अवस्थामा एनआरएनका अध्यक्षसमेत रहेका सामुहिक लगानी सम्बन्धि कार्यदलका संयोजक जीवा लामिछानेको प्रमुख उपस्थितिमा आजको भेला हुन गईरहेको हो । भेलाको संयोजन भने एशिया प्यासिफिक क्षेत्र हेर्ने कार्यदलका सहसंयोजक महेशकुमार श्रेष्ठले गरिरहेका छन् ।
एनआरएन जापानको आयोजनामा हुने आजको भेलामा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायत जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी लगायत जापानका गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता र सक्रियता रहने अपेक्षा गरिएको छ । आयोजककाअनुसार भेला अपरान्ह ३ बजेदेखि हुने छ । ***

जलबिद्युतमा लगानी गर्न नेपालीहरु  उत्साहित 

सामुहिक लगानी सम्बन्धि कार्यदलको अवधारणा 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया