टोकियो – नेपालको जलबिद्युतको क्षेत्रमा सामुहिक लगानीका वारेमा छलफल गर्न गैरआवासीय नेपाली सघंका केन्द्रिय अध्यक्ष जीवा लामिछाने सहितको टोली एशिया प्यासिफिकको भ्रमणमा निस्कने भएका छन् । टोली २४ मार्चमा हङकङ्ग, २५ मार्चमा चाइना र २८ मार्चमा टोकियो आउने भएको छ ।
कार्यक्रमहरुमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, एनआरएनए केन्द्रिय सदस्यद्वय डा. बद्री केसी, सपिला राजभण्डारी, एशिया प्यासिफिक क्षेत्रीय संयोजक, उपसंयोजक लगायत त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रिय पदाधिकारी र सदस्यहरु तथा संयुक्त लगानी कार्यदलका सदस्यहरु लगायतले भाग लिने छन् । यस अघि लामिछानेको टोलीले जर्मनी, बेल्जियम, युके, रसिया, लक्जेम्वर, युएई, कतार लगायतका देशमा छलफल गरिसकेको छ र निकट भविष्यमा अमेरिका र अष्ट्रेलियामा भ्रमण गर्ने कार्यक्रम रहेको एनआरएन केन्द्रले जनाएको छ । ***