Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – थकाली सेवा समिति जापानद्वारा आयोजना गरिएको शुभकामना साँझका लागि आमन्त्रित चर्चित कलाकारहरु मेरी बास्सैका जोडी धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) पप गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल आज स्वदेशतर्फ प्रस्थान गरेका छन् । उनीहरुलाई नारिता विमानस्थलमा आयोजक सँस्थाका अध्यक्ष शरदकुमार गौचनले बिदाई गरे ।

कलाकारहरुलाई गएराती आयोजक सँस्था थसेस जापानले एक समारोहकाबिच बिदाई गरेको थियो । टोकियो हातानोदाईस्थित स्माईल रेष्टुरेन्टमा मैत्रिपूर्ण रात्रीभोजसहित कलाकारहरुलाई बिदाई गरिएको हो । सो अवसरमा आयोजक सँस्थाका अध्यक्ष गौचनलगायतका पदाधिकारीहरुले फूलको गुच्छा र खादार्पण गरी उनीहरुलाई बिदाई गरेका थिए । उनीहरुलाई कार्यक्रम संयोजक राजु शेरचनले हार्दिक धन्यबादसहित प्रशंसापत्र प्रदान गरेका थिए ।  कलाकारहरुले पनि मन्तब्यसहित आ-आफ़्नो प्रतिभा पस्केर मनोरन्जन प्रदान गरेका थिए ।

यसअघि कलाकारहरु धुर्मुस (सीताराम कट्टेल), सुन्तली (कुञ्जना घिमिरे) पप गायक धिरज राई र आधुनिक गायक प्रमोद खरेल समुद्रपारि डट कम, नेपाली समाचार र नेपाल जापान डट कमलगायतका जापानका नेपाली मिडियासंगको भेटघाट र कुराकानीमा ब्यस्त रहेका थिए ।

कलाकारहरुले गत आइतवार मेगुरो कुमिन सेन्टरमा आयोजित शुभकामना सांझमा  उत्कृष्ट साँगीतिक प्रस्तुती गरेका थिए । जसलाई जापानका नेपाली दर्शकहरुले निकै मन पराएका थिए ।
कलाकारहरु  हङकङ हुंदै आजै राती १० बजे नेपाल पुग्ने कार्यक्रम रहेको थसेस श्रोतले जनाएको छ ।  ***

 

 

 

 

टोकियो हातानोदाईस्थित स्माईल रेष्टुरेन्टमा आयोजित मैत्रिपूर्ण रात्रीभोजसहित प्रशंसापत्र प्रदान एवम् बिदाई कार्यक्रमका झलकहरुः

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया